जफत गरिएका 30 वटा मोबाइलहरूलाई वास्तविक मालिकको हातमा सुम्पिइयो
जफत गरिएका 30 वटा मोबाइलहरूलाई वास्तविक मालिकको हातमा सुम्पिइयो


सिलगढ़ी, 14 अगस्त (हि.स.)। बागडोगरा थाना पुलिसले अलग-अलग समयमा हराएको वा चोरी भएका मोबाइल फोनहरूलाई जफत गरी शुक्रवार वास्तविक मालिकहरूको हातमा सुम्पिदियो। पुलिस मोठ 30 वटा मोबाइल फोन जफत गर्न सफल भएको छ।

पुलिस अनुसार यसमा केही मोबाइलहरू 6महिनााअघि र केही लगभग एक वर्षअघि बागडोगरा थाना अधिनस्थ विभिन्न क्षेत्रहरूबाट हराएको वा चोरी भएको थियो। मोबाइल फोन गुमाएको वा चोरी भएपछि सम्बन्धित मानिसहरूले बागडोगरा थानामा लिखित सिकायत दर्ता गरेका थिए। सिकायतहरूको आधारमा पुलिसले जाँच शुरू गऱ्यो। तकनिकी जाँचको सहयोगले अलग-अलग स्थानहरूबाट मोबाइल फोन जफत गरियो।

शुक्रवार बागडोगरा थानामा आयोजित कार्यक्रममा जफत गरिएका 30 वटा मोबाइलहरूलाई त्यसको वास्तविक मालिकको हातमा सुम्पिइयो। कार्यक्रममा एसीपी अनिर्बाण मजुमदार पनि उपस्थित थिए। उनले बताए, 30 वटा मोबाइल फोनका मालिकहरूमध्ये शुक्रवार 19 जना उपस्थित भए जसलाई उनीहरूको फोन फिर्ता दिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande