सुखबीर बादलमाथि भएको हमलापछि अमित शाहले हरसिमरत कौरसित वार्ता गरे, निष्पक्ष जाँच गर्ने भरोसा
सुखबीर बादलमाथि भएको हमलापछि अमित शाहले हरसिमरत कौरसित वार्ता गरे, निष्पक्ष जाँच गर्ने भरोसा


चण्डीगढ़, 14 अगस्त (हि.स.)। महाराष्ट्रको एउटा गुरुद्वारा परिसरमा शिरोमणि अकाली दल (शिअद) अध्यक्ष सुखबीर सिंह बादलमाथि भएको हमलापछि केन्द्रिय गृहमन्त्री अमित शाहले उनकी पत्नी तथा शिअदकी लोकसभा सांसद हरसिमर कौर बादलसित फोनमा कुरा गरे।

बादलको स्वास्थ्यबारे जानकारी लिएकोमा हरसिमरत कौरले उनीप्रति धन्यवाद व्यक्त गरेकी छन्।

हरसिमरत कौर बादलले सोशल मीडिया प्लेटफर्म ‘एक्स’-मा भनिन्, अमित शाहले उनीसित फोनमा सुखबीर सिंह बादलको स्वास्थ्य बारे जानकारी लिए। उनले गृहमन्त्रीको व्यक्तिगत चिन्ता र कठिन घड़ीमा दिइएको भरोसाको निम्ति आभार व्यक्त गरिन्। हरसिमरतले बताइन्, अमित शाहले उनलाई यस घटनाको निष्पक्ष तथा प्रभावकारी जाँच गर्ने भरोसा दिएका छन्। उनले भनिन्, गुरूघरभित्र भएको यो हमला अत्यन्त पीड़ादायक छ। साथै सिख धर्मका मूल सिद्धान्तहरूको गम्भीर उल्लङ्घन हो। उनले आशा व्यक्त गरिन्, मामिलाको जाँच निष्पक्ष ढङ्गमा गरियोस् तथा घटना पछाड़ीको वास्तविकताको खुलासा गरियोस्।

महाराष्ट्रको नाँदेड़स्थित गुरुद्वारा परिसरमा सुखबीर सिंह बादलमाथि तरवारले हमला गरिएको थियो। घटनापछि आरोपीलाई घटनास्थलबाटै समातिएको थियो। हमलामा सुखबीर बादल घाइते भएका थिए।

अमित शाह र हरसिमरत कौर बादलबीच भएको यो बातचितलाई राजनीतिक रूपमा पनि महत्वपूर्ण मानिँदैछ। सेप्टेम्बर, 2020-मा कृषि कानूनहरूको मुद्दामा शिरोमणि अकाली दलले राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)-बाट अलग्गिने फसेला गरेको थियो। त्यसपछि यी दुई नेताहरूबीच पछिल्लो लामो समयदेखिको राजनीतिक दूरत्व कायम छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande