असममा बाढीको प्रकोप केही कम, ३७० गाउँका ७७,५४२ नागरिक प्रभावित
असम बाढ़ः वर्तमान समय में शिवसागर जिले के नेपाली खूंटी गांव का हृदयविदारक दृश्य।


गुवाहाटी, १४ अगस्त (हि.स.)। असममा बाढीको प्रकोप केही कम भएको छ। अहिले ३७० गाउँका ७७,५४२ नागरिक प्रभावित छन्। बाढीको स्थितिमा सुधार भइरहेका बेला धनसिरी नदी (नुमलीगढ़) खतराको चिन्हभन्दा माथि बगिरहेको छ। प्रभावित मानिसहरू राहत शिविरहरूबाट आफ्ना घरतर्फ फर्कन थालेका छन्। क्षतिग्रस्त आवास संरचना तथा बाँकी रहेका घरहरूको मर्मत र सरसफाईको काम पनि तीव्र गतिमा भइरहेको छ। प्रभावितहरूको सहयोगका लागि सरकारी तथा निजी स्तरबाट पनि जोडतोडका साथ काम भइरहेको छ।

असम राज्य आपदा व्यवस्थापन प्राधिकरणका १३ अगस्तका तथ्याङ्कअनुसार, धनसिरी नदी उर्लिएको छ। राज्यमा बाढीका कारण मृत्यु हुनेहरूको संख्या १०४ पुगेको छ। वर्तमान समयमा राज्यका ७ जिल्ला बाढी प्रभावित छन्। प्रभावित जिल्लाहरूमा गोलाघाट, शिवसागर, नगाउँ, होजाई, जोरहाट, दरंग तथा लखीमपुर रहेका छन्। बाढीका कारण यी जिल्लाका २२ राजस्व मण्डलअन्तर्गत कुल ३७० गाउँ प्रभावित भएका छन्। वर्तमान समयमा राज्यको कुल ७७,५४२ जनसंख्या अझै प्रभावित छ तथा ९,९०८.८५ हेक्टर कृषि भूमि पानीमा डुबेको छ।

बाढी प्रभावित मानिसहरूका लागि अझै पनि ३८ राहत शिविर तथा ३२ राहत वितरण केन्द्र सञ्चालनमा छन्। यी शिविरहरूमा ६,६३९ मानिसहरूले आश्रय लिएका छन्। शिवसागर जिल्लामा पूर्ण रूपमा क्षतिग्रस्त कच्चा घरहरूको कुल संख्या १२५ रहेको छ। यस जिल्लामा १० वटा पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बाढीमा राहत तथा उद्धार अभियानमा एसडीआरएफ, डीडीआरएफ, पुलिस, अग्निशमन तथा आपत्कालीन सेवा (एफ एन्ड ईएस), सर्कल कार्यालय/स्थानीय प्रशासन तथा नागरिक सुरक्षा/प्रशिक्षित स्वयंसेवकहरू जुटेका छन्।

बाढी प्रभावित क्षेत्रमा बिहीबार राज्य सरकारले कुल ५९ वटा मेडिकल टोली तैनाथ गरेको छ। यस क्रममा पाँचवटा डुङ्गा पनि राहत कार्यमा जुटेका थिए। यसबीच डुङ्गामार्फत बाढी प्रभावित ११९ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ। बाढीका कारण ठूलो मात्रामा सडक, पुल तथा अन्य आधारभूत संरचनामा क्षति पुगेको छ। सरकारले लगातार समीक्षा बैठक गरेर परिस्थितिको जायजा लिइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande