
कोलकाता, 14 अगस्त (हि.स.)। पश्चिम बङ्गालमा शुक्रवार मनसुन सक्रिय रहनेछ। तटीय पश्चिम बङ्गालको माथि विकसित दबाव अब पश्चिम-उत्तर-पश्चिम दिशा तर्फ अग्रसर भइरहेको छ। अलिपुरस्थित क्षेत्रीय मौसम केन्द्र अनुसार यसको प्रभावबाट दक्षिण बङ्गालका सबै जिल्लाहरूका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा मेघ गर्जनसितै वर्षा हुने स्भावना छ। केही जिल्लाहरूमा तीव्र गतिमा हावा चल्ने, पानी पर्ने तथा बिजुली चम्किने चेताउनी जारी गरिएको छ।
मौसम विभाग अनुसार शुक्रवार पूर्व औ पश्चिम मेदिनीपुर, झाड़ग्राम, दक्षिण 24 परगना, पुरुलिया एवं पश्चिम बर्दवानमा एक-दुई स्थानहरूमा 7-देखि 11 सेन्टीमीटरसम्मको घना वर्षा हुनसक्छ। पूर्व मेदिनीपुर र दक्षिण 24 परगनामा बिजुली चम्किनको सातै 40-50 किलोमीटर प्रतिघण्टाको गतिले झोकादार हावा चल्नसक्छ।
कोलकाता, हावड़ा, हुगली तथा उत्तर 24 परगनामा पनि मौसम विभागले मेघ गर्जनसितै वर्षा तथा तीव्र हावा चल्ने सम्भावना व्यक्त गरेको छ। अलिपुर मौसम केन्द्रको जिल्लागत पूर्वानुमानमा कोलकाता अनि हावड़ा समेत दक्षिण बङ्गालका केही जिल्लाहरूमा एक-दुई स्थानमा घना वर्षा हुने सम्भावना दर्ता गरिएको छ।
उत्तर बङ्गालमा पनि घना वर्षाको सिलसिला जारी रहनेछ। दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार, कुचबिहार, उत्तर अनि दक्षिण दिनाजपुर तथा मालदामा हल्कादेखि मध्यम वर्षा तथा मेघ गर्जनसितै पानी पर्ने सम्भवना कायम छ। मौसम विभागले आगामी केही दिनभित्रमा उत्तर बङ्गालका विभिन्न स्थानहरूमा घनाभन्दा घना वर्षा हुने पूर्वानुमान व्यक्त गरेको छ।
मौसम विभाग अनुसार 15 अगस्तको दिन पनि दक्षिण बङ्गालका सबै जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। पूर्व मेदिनीपुर र दक्षिण 24 परगनाका एक-दुई स्थानमा 7-देखि 11 सेन्टीमीटरसम्म घना वर्षा हुनसक्छ जबकि 16 अगस्तदेखि वर्षाको तीव्रता घट्दै गएर केही स्थानहरूसम्म हुने अनुमान छ।
अ
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा