असमको बाढ़ीमा भुटानी नरेशद्वारा ऐक्यवद्धता व्यक्त
असमको बाढ़ीमा भुटानी नरेशद्वारा ऐक्यवद्धता व्यक्त


गुवाहाटी, 14 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार हालैमा बाढ़ीबाट उक्सेकोअसमप्रति समर्थन तथा ऐक्यवद्धता व्यक्त गरेरोकमा छिमेकी देश भुटानका नरेश जिग्मे खेसर नामग्याल वाङ्कचुकप्रति आभार व्यक्त गरे।

मुख्यमन्त्रीले सोशल मीडिया पोस्टमा भने, सङ्कटको यस घड़ीमा भुटान नरेशबाट प्राप्त आत्मीय सन्देश तथा समर्थनबाट उनी भावुक भएका छन्। उनले भने, असम अनि भुटानको सम्बन्ध भौगोलिक निकटतासम्म मात्र सीमित छैन जबकि इतिहाससित सम्बन्धित तथा पूर्खौदेखिको मित्रताबाट मजबुत भएको छ।

डा. सरमाले असमका जनताको पक्षबाट भुटान नरेश र त्यहाँका मानिसहरूप्रति कठिन समयमा एकजुटता एवं मित्रता दर्शाएकोमा हृदयबाटै आभार व्यक्त गरे। उनले आशा व्यक्त गरे, दुईबीचको मित्रता अनि भाइचाराको यो सम्बन्ध भविष्यमा अझ सुदृढ़ हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande