
जलपाईगढ़ी, 14 अगस्त (हि.स.)। शुक्रवार बिहान टिस्टा रेल पुल नजिकै अज्ञात युवाको शव फेला परेपछि जलपाईगढ़ीमा खैलाबैला मच्चियो। मृतकको घाँटी र अनुहारमा धारिलो हतिारले प्रहार गरिएको निशान फेला परेको छ। घटनास्थल वरिपरि छरिएका धेरै रक्सीका बोतलहरू पनि फेला परेका छन्। युवकको हत्या नशाको अवस्थामा भएको हुनसक्ने आशंका गरिएको छ।
घटनाको जानकारी पाएपछि कोतवाली पुलिस घटनास्थलमा पु्ग्यो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमार्टमका लागि पठाएको छ। मृतकको अहिलेसम्म पहिचान हुन सकेको छैन। घटनास्थलबाट नमूना र अन्य प्रमाण सङ्कलन भइरहेको छ र मुद्दाको अनुसन्धानमा फरेन्सिक विशेषज्ञको सहयोग पनि लिइरहेको छ। कोतवाली पुलिसले यस विषयमा अनुसन्धान शुरु गरेको छ।
टिस्टा रेल पुल वरपरको क्षेत्र लागुऔषधको अड्डा भएको गाउँलेहरूले आरोप लगाएका छन्। विभिन्न ठाउँबाट मानिसहरू रातको अँध्यारोमा यहाँ पुग्छन् र रक्सी र अन्य मादक पदार्थहरू खान्छन्। तर कुन परिस्थितिमा युवकको मृत्यु भयो भन्ने अझै स्पष्ट हुन सकेको छैन।
/ बिशाल