
जलपाइगढ़ी, 14 अगस्त (हि. स.)। स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा जलपाइगढ़ीमा देशभक्तिको रङ्ग देख्न पाइएको छ। 15 अगस्तको एक दिनपूर्व कलकत्ता उच्च अदालतको जलपाइगढ़ी सर्किट बेञ्चलाई तिरङ्गाको प्रकाशले अत्यन्त सुन्दर ढङ्गमा सजाइएको छ।
सर्किट बेञ्चको सम्पूर्ण भवन राष्ट्रिय झण्डा र तीन रङ्गको प्रकाशले जगमगाएको छ। साँझ ढल्नसाथ रङ्गी-बिरङ्गी प्रकाशमा सम्पूर्ण भवन आकर्षणको केन्द्र बनिरहेको छ।
यस मनमोहक दृश्यलाई हेर्नका लागि शहरका मानिसहरूको घुइँचो लागिरहेको छ। मानिसहरूले आफ्नो मोबाइलको क्यामरामा यस सुन्दर दृश्यलाई कैद गरिरहेका छन्।
स्मरण गराइन्छ, 15 अगस्तमा देशले आफ्नो स्वीधनता दिवस मनाउँछ। यसलाई मध्यनजर गर्दै सारा देशमा समारोहको तयारीहरू भइरहेका छन्। यसै माहोलमा जलपाईगुड़ी सर्किट बेञ्च भवनलाई पनि तिरङ्गाले सजाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा