
खरसाङ, 14 अगस्त (हि.स.)। खरसाङ व्यवासायिक संगठनको वार्षिक साधारण सभा र कार्यकारी समितिको चुनाउ हुने भएको छ। उक्त जानकारी आज खरसाङमा आयोजित एक पत्रकार सम्मेलन दिइएको छ।
पत्रकार सम्मेलनमा खरसाङ व्यवासायिक संगठनको सभापति फिरोज अख्तर र सचिव राजेन्द्र प्रसाद अग्रवालले भने, खरसाङ व्यवासायिक संगठन 29 अप्रेल 2012 मा 63 जन कार्यकारी सदस्यहरुलाई लिएर गठन गरिएको थियो। यस संगठनले खरसाङमा विभिन्न कार्यहरु गर्दै आएका छन्। यसपाली यस संगठनको चुनाउ सम्पन्न हुन गइरहेको छ।
सचिव राजेन्द्र प्रसाद अग्रवालले भने, खरसाङ व्यवासायिक संगठनको चुनाउमा लड्न चाहनेहरुका लागि आगामी 17 र 18 अगस्तको दिन नामांकन पत्र वितरण गरिनेछ भने नामांकन पत्र बुझाउने अन्तिम मिति 19 अगस्त राखिएको छ। त्यसरी नै 20 अगस्तको दिन नामांकन पत्र जाँच गरिनेछ भने 21 अगस्तको दिन नामांकन पत्र फिर्ता लिन सक्नेछन्। 21 अगस्तको दिन नै वैध उम्मेद्वारहरुको नाम प्रकाशित गरिनेछ भने चुनाउ 23 अगस्तको दिन सम्पन्न हुनेछ। उक्त चुनाउमा 17 जना निर्वाचित हुने र 4 जना सदस्यहरू मनोनित गरिएपछि जम्मा 51 जनाको कार्यकारी समिति गठन गरिने छ।
खरसाङ व्यवासायिक संगठनका कानुनी सल्लाहकार अधिवक्ता रमेश अग्रवालले पनि खरसाङ व्यवसायिक संगठनमा रहेका सबैजना सांगठनिक रुपमा संगठित र एकतामा रहेर बस्नु पर्ने आह्वान् गरेका छन्। उनले खरसाङमा रहेका सबै व्यवासायिक दोकानेहरु एउटै संगठनमा एकताको साथमा रहनु पर्ने आह्वान् गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक