राजीव चौक र कश्मिरी गेट मेट्रो स्टेशनमा देखियो विभाजनको पीड़ा, 21 अगस्तसम्म चल्नेछ प्रदर्शनी
राजीव चौक र कश्मिरी गेट मेट्रो स्टेशनमा देखियो विभाजनको पीड़ा, 21 अगस्तसम्म चल्नेछ प्रदर्शनी


नयाँ दिल्ली, 14 अगस्त (हि.स.)। विभाजन विभीषिका स्मृति दिवसको अवसरमा दिल्ली मेट्रो रेल निगम (डीएमआरसी)-ले शुक्रवार राजीव चौक र कश्मीरी गेट मेट्रो स्टेशनमा विशेष प्रदर्शनी आयोजना गरियो। 14 अगस्तमा मनाइने यस दिवसको माध्यमबाट देश विभाजन कालमा लाखौं मानिसहरूको विस्थापन, पीड़ा एवं सङ्घर्षको कथालाई मानिसहरू समक्ष राखिएको छ। दुवै स्टेशनहरूमा आयोजित प्रदर्शनी आगामी 21 अगस्तसम्म यात्रीहरूको लागि खुल्ला रहनेछ। प्रदर्शनीमा विभाजनको समयमा आइलागेको त्रासदी तथा त्यसको दूरगामी प्रभावहरूलाई विभिन्न माध्यमहरूबाट दर्शाइएको छ।

यसको उद्देश्य यात्रीहरूलाई त्यस बेलाको घटनासित परिचित गराउनु अनि विभाजनको कारणले प्रभावित लाखौं मानिसहरूको पीड़ालाई स्मरण गर्नु हो।

डीएमआरसी अनुसार विभाजन विभीषिका स्मृति दिवसको आयोजन ती मानिसहरूको पीड़ा, सङ्घर्ष तथा कठिनाईहरूलाई दर्शाउनको लागि गरिन्छ जसलाई वर्ष 2047-मा देश विभाजन अवधि आफ्नो घरबार छोड़ेर विस्थापित हुन परेको थियो। यसलाई भारतीय इतिहासमा सबैभन्दा ठूलो मानव विस्थापनहरूमध्ये एक मानिन्छ। त्यसबेला धेरै जना मानिसहरूको ज्यान गएको थियो भने सामाजिक संरचनामाथि पनि प्रभाव परेको थियो।

राजीव चौक मेट्रो स्टेशनमा मुख्य प्रदर्शनी आयोजना गरिएको छ भने कश्मीरी गेटमा पनि यस विषयमा प्रदर्शनी लगाइएको छ। डीएमआरसीको भनाइ छ, दुई प्रमुक मेट्रो स्टेशनहरूमा प्रदर्शनी आयोजना गर्नाले टूलो सङ्ख्यामा यात्रीहरूलाई यस ऐतिहासिक घटनाको बारेमा जान्ने र बुझ्ने अवसर प्राप्त हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande