‘हर घर तिरंगा’ अभियानमा राज्यपाल र मुख्यमन्त्री सहभागी, राष्ट्रिय एकता र देशभक्तिको भावनालाई बलियो बनाउने आह्वान
‘हर घर तिरंगा’ अभियानमा राज्यपाल र मुख्यमन्त्री सहभागी


‘हर घर तिरंगा’ अभियानमा राज्यपाल र मुख्यमन्त्री सहभागी


गान्तोक, 14 अगस्त (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङ आज ‘हर घर तिरंगा’ अभियानमा सहभागी हुँदै राष्ट्रिय एकता, सद्भाव र देशभक्तिको भावना अझ सुदृढ़ बनाउन आह्वान गरेका छन्।

यस अवसरमा राजधानीको एमजी मार्गदेखि मनन् केन्द्रसम्म र्‍याली आयोजना गरियो। र्‍यालीमा मुख्यमन्त्रीका मन्त्रिपरिषद्का सहकर्मीहरू, विधायकहरू, सल्लाहकारहरू, अध्यक्षहरू, मुख्य सचिव, डीजीपी, मेयर, उपमेयर, पार्षदहरू, विभागीय प्रमुखहरू, ओएसडीहरू, वरिष्ठ अधिकारीहरू तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा राज्यपाल र मुख्यमन्त्रीले विभाजन विभीषिका स्मृति दिवसको अवसरमा आयोजित प्रदर्शनीको पनि अवलोकन गरे। सहभागीहरूले देश विभाजनका क्रममा प्रभावित भएका अनगिन्ती मानिसहरूको स्मरण गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरे‌। यसै अवसरमा ‘वन्दे मातरम्’को १५०औँ वार्षिकोत्सवलाई पनि स्मरण गरिएको थियो।

मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा लेखेका छन्, प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी पहलका रूपमा अघि बढाइएको ‘हर घर तिरंगा’ अभियानले नागरिकहरूमा राष्ट्रिय गौरव, एकता र देशभक्तिको भावना जागृत गर्ने उद्देश्य बोकेको छ। मातृभूमिप्रतिको प्रेम र समर्पणको कालजयी अभिव्यक्तिका रूपमा रहेको ‘वन्दे मातरम्’ ले राष्ट्रिय भावना अझ बलियो बनाउन महत्वपूर्ण भूमिका छ।

मुख्यमन्त्रीले तिरंगाले प्रत्येक नागरिकलाई एकता, सद्भाव र राष्ट्रिय गौरवका मूल्यहरूलाई आत्मसात् गर्दै राष्ट्र निर्माणमा योगदान पुर्‍याउन निरन्तर प्रेरणा दिइरहोस् भन्ने कामना गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande