हरसिमरत कौरले सुखबीर सिंह बादलको ज्यान बचाउने इन्स्पेक्टर सन्तोष केँद्रेको बहादुरीलाई सलाम गरिन्
हरसिमरत कौरले सुखबीर सिंह बादलको ज्यान बचाउने इन्स्पेक्टर सन्तोष केँद्रेको बहादुरीलाई सलाम गरिन्


चण्डीगढ़, 14 अगस्त (हि.स.)। शिरोमणि अकाली दलकी सांसद हरसिमरत कौर बादलले नाँदेड़मा सुखबीर सिंह बादलमाथि भएको हमलामा उनको ज्यान बचाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महाराष्ट्र पुलिसको स्पेशल प्रोटेक्शन यूनिटका इन्स्पेक्टर सन्तोष वैजनाथ केँद्रेको बहादुरीको सराहना गरेकी छन्।

हरसिमरत कौर बादलले सोशल मीडिया प्लेटफर्म ‘एक्स’-मा पोस्ट गरी भनिन्, उनी इन्स्पेक्टर सन्तोष वैजनाथ केँद्रेलाई उनको साहस एवं वीरताको लागि सलाम गर्दछन्। उनले बताइन्, सन्तोष केँद्रे हमलाकारी र सुखबीर सिंह बादलको बीचमा मानव ढाल भएर उभिए। उनले आफ्नो ज्यानको परवाह नगरी उनको सुरक्षा गरे। इन्स्पेक्टर केँद्रेले यो साबित गरिदिए कि वर्दी लगाउनुको वास्तविक अर्थ के हो- आफ्नो स्वार्थभन्दा अगाड़ि कर्तव्य र डरभन्दा अगाड़ि साहसलाई राख्नु। बादल परिवारको पक्षबाट इन्स्पेक्टरप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै हरसिमरतले भनिन्, उनको बहादुरीलाई कहिल्यै भुलाउन सकिँदैनै।

हरसिमरत कौर बादलले घाइते इन्स्पेक्टर सन्तोष केँद्रेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भनिन्, वाहेगुरूले उनलाई चाँड़ै स्वस्थ बनाइदिउन्। उनले नाँदेड़को यशोसाई अस्पतालका डाक्टरहरू अनि सम्पूर्ण कर्मचारीहरूको पनि विशेष रूपमा आभार व्यक्त गरिन्। उनले भनिन्, अस्पतालका डाक्टर तथा कर्मचारीहरूले लगातार सेवा गर्दै परिवारलाई कठिन घड़ीमा हिम्मत र सहारा दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande