
कोलकाता, 14 अगस्त (हि.स.)। एनआरएस मेडिकल कलेज एवं अस्पतालमा ड्यूटीमा तैनाथ नर्सको शव भेटिएको दिन नै कोलकाता मेडिकल कलेज अस्पतालमा पनि एउटा घटना भएको थाहा लागेको छ। गए बिहीवार राती एकजना महिला स्वास्थ्यकर्मीले ब्लेड निलेर आत्महत्या गर्ने प्रयास गरिन्।
अस्पताल सूत्र अनुसार मुमताज बेगम नामक कन्ट्र्याक्चुअल स्वास्थ्यकर्मी एसएसबी भवनमा तैनाथ थिइन्। बिहीवार राती एसएसबी भवन अगाड़ि अवस्थित कर्मचारी आवासमा बस्ने सहकर्मीहरूसित कुनै कुरालाई लिएर उनक विवाद भयो। आरोप छ, विवाद हुँदै गर्दा मुमताज बेगमले ब्लेड निलिन्।
घटनाबारे थाहा लागेपछि उनलाई राती लगभग 10 बजे अस्पतालको आपतकालीन विभागमा लगेर उपचार शुरू गरियो।
अस्पताल सूत्र अनुसार हाल स्वास्थ्यकर्मीको अवस्था स्थिर छ। अस्पताल प्रशासन यो पत्तो लगाउन जुटेको छ कि आखिर यस्तो के कारण थियो जसले गर्दा उनले ब्लेड निल्ने जस्तो कदम उठाइन्। मामिलाको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा