
सिलगढ़ी, 14 अगस्त (हि.स.)। सिलगढ़ी कोर्ट परिसरमा शुक्रवार राज्यका कानून राज्यमन्त्री बिराज विश्वास र पर्यटन मन्त्री शङ्कर घोष पुगे। यस अवधि दुवै मन्त्रीहरूले बार एसोसिएशनका सदस्यहरूसँगसँगै अन्य अधिवक्ताहरूसित भेट गरी कोर्ट परिसरको निरीक्षण गरे।
सिलगढ़ीमा पछिल्लो लामो समयदेखिको नयाँ कोर्ट भवन निर्माण गर्ने माग अधिवक्ताहरूले गर्दै आइरहेका छन्। बताइएको छ, नयाँ कोर्ट भवनको नक्शा बनिसकेको छ, तर अहिलेसम्म निर्माण कार्य शुरू हुन सकेको छैन। वर्तमान कोर्ट परिसरमा जग्गाको अभाव रहेको कारणले अधिवक्ताहरू लगायत ल क्लर्क अनि विभिन्न काम लिएर आउने मानिसहरूलाई पनि विभिन्न समस्याको सामना गरन परिरहेको छ।
शुक्रवार अधिवक्ताहरूले दुवै मन्त्री समक्ष नयाँ कोर्ट भवन निर्माण गरिदिने मुद्दा उठाउँदै चाँड़ै काम शुरू गर्ने माग गरे। यसमा कानून राज्य मन्त्री बिराज विश्वासले चाँड़ै नयाँ कोर्ट भवन निर्माणको प्रक्रियालाई अगाड़ि बढ़ाउने आश्वासन दिए।
यत मन्त्रीहरूले आरोप लगाए, पछिल्लो तृणमूल कङ्ग्रेस सरकारको कार्यकालमा यस परियोजनालाई थाँतीमा राखिएको थियो। उनीहरूले भने, अब सरकारले यस मामिलालाई प्राथमिकताको आधारमा अगाड़ि बढ़ाउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा