
गुवाहाटी, 14 अगस्त (हि.स.)। देशको 80औं स्वतन्त्रता दिवस समारोहपूर्व पूर्वोत्तर सीमा रेलवे (पूसीरे)- को रेलवे सुरक्षा बल (रेसुब)-ले सम्पूर्ण जोनमा सुरक्षा व्यवस्थालाई कड़ा बनाइदिएको छ। यात्रीहरू, ट्रेन तथा रेलवे सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नको लागि रेलवे स्टेशन, ट्रेन तथा रेलवे परिसरहरूमा विशेष निगरानी राखिँदैछ।
रेसुब जवानहरूद्वारा व्यापक गस्ती औ निगरानी अभियान सञ्चालन गरिँदैछ। संवेदनशील तथा जोखिमपूर्ण स्थानहरूमा विशेष ध्यान दिइँदैछ ताकि कुनै पनि अप्रिय घटनालाई रोक्न सकियोस् अनि यात्रीहरूलाई सुरक्षित यात्राको वातावरण उपलब्ध गराउन सकियोस्।
सुरक्षा व्यवस्था अन्तर्गत रेलवे स्टेशन र ट्रेनहरूमा व्यापक जाँच एवं खोजी अभियान सञ्चालन गरिँदैछ। यात्री क्षेत्र, प्रतीक्षालय, प्लेटफर्म, सर्कुलेटिङ्ग एरिया औ अन्य महत्वपूर्ण स्थानहरूको जाँच गरिँदैछ। प्रशिक्षित स्निफर डग्सको सहायताले यात्रीहरूको सामान, बेवारिस वस्तु औ संवेदनशील क्षेत्रहरूको पनि गहन जाँच गरिँदैछ।
महत्वपूर्ण स्थानहरूमा सुरक्षा कर्मीहरूको रणनीतिक तैनाथी गरिएको छ।नियमित सार्वजनिक घोषणाहरूको माध्यमबाट यात्रीहरूलाई सतर्क रहने अनि कुनै संदिग्ध व्यक्ति, वस्तु वा गतिविधि भएको थाहा लागे तत्काल रेलवे अधिकारीहरूलाई सूचना दिनको लागि जागरूक गराइँदैछ।
रेलवे अधिकारीहरू अनुसार स्वतन्त्रता दिवस समारोहमा यात्रीहरूको सुरक्षित, सहज तथा समस्या मुक्त यात्रा सुनिश्चित गर्नको लागि सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा