
नयाँ दिल्ली, 14 अगस्त (हि.स.)। राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) ले महाराष्ट्रको गढ़चिरोली जिल्लाको एउटा आश्रम स्कूलको छात्रावासमा सर्पदंशका कारण तीन छात्रा मृत्यु भएकोमा स्वतः संज्ञान लिएको छ। आयोगले राज्यका मुख्य सचिवलाई नोटिस जारी गरी दुई हप्ताभित्र विस्तृत रिपोर्ट मागेको छ।
मीडिया रिपोर्ट अनुसार, छात्रावासमा खाट नभएको कारण 79 जना छात्रा आफ्नो कोठाको भुइँमा सुतिरहेका थिए। सोही समय एउटा विषालु सर्पले 6 जना छात्रा टोकेको थियो। तीमध्ये तीन जनाको मृत्यु भएको छ भने तीन जनाको अस्पतालमा उपचार भइरहेको छ।
रिपोर्ट अनुसार, विगत 25 वर्षदेखि चलिरहेको छात्रावासमा आधारभूत सुविधाहरूको अभाव छ। जिल्लामा हरेक वर्ष धेरै सर्पदंशका घटना दर्ता भइरहेका छन्।
आयोगले रिपोर्टमा घाइते छात्राहरूको स्वास्थ्य अवस्था पनि समावेश गर्न निर्देश दिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी