
नयाँ दिल्ली, 14 अगस्त (हि.स.)। भारतीय राष्ट्रुय छात्र सङ्गठन (एनएसयूआई)-ले शुक्रवार दिल्ली विश्वविद्यालय (डीयू)- को नर्थ क्याम्पसमा राष्ट्रिय अध्यक्ष विनोद जाखड़को नेतृत्वमा तिरङ्गा मार्च आयोजना गरियो। यस मार्चमा एनएसयूआईका हजारों सदस्य अनि विद्यार्थीहरूले उत्साहपूर्वक भाग लिए।
तिरङ्गा यात्रा एसओएल गेटबाट शुरू भएर रामजस चौकमा पुगेपछि समाप्त भयो। विद्यार्थीहरूले हातमा तिरङ्गा बोकेर स्वतन्त्रता, एकता, लोकतन्त्र औ संविधानका मूल्यहरूको समर्थनमा नारा लगाए।
यस अवसरमा एनएसयूआईका राष्ट्रिय अध्यक्ष विनोद जाखड़ले भने, भारत एक लोकतान्त्रिक देश हो भने लोकतन्त्रका मूल्यहरूको रक्षा एवं त्यसलाई मजबुत बनाउनु विश्वविद्यालयहरूको पनि जिम्मेवारी हो। उनले भने, विश्वविद्यालय लोकतान्त्रिक समाजको आधार हो। विद्यार्थीहरूले नडराई आफ्नो कुरा राख्ने, आफ्नो आवाज उठाउने, प्रश्न सोध्ने तथा विचार-विमर्शमा भाग लिने स्वतन्त्रता हुनुपर्छ।
विनोद जाखड़ले भने, विश्वविद्यालय शिक्षा प्राप्त गर्ने केन्द्र मात्र होइन, यो एउटा यस्तो संस्था हो जहाँ युवाहरूले लोकतन्त्र, संवैधानिक अधिकार, समानता र असहमतिको सम्मान जस्ता मूल्यहरू सिक्छन्। उनले भने, एक स्वस्थ विश्वविद्यालयको वातावरणमा सम्वादलाई प्रोत्सहित गर्नुपर्छ। भिन्न-भिन्न विचारहरूलााई सम्मान गर्नुपर्छ।
जाखड़ले भने, लोकतन्त्र चुनाउसम्म मात्र सीमित छैन। लोकतन्त्रको अर्थ हो, हरेक छात्रले आफ्नो कुरा राख्ने, भाग लिने अनि आफ्नो आवाज सुनाउने अधिकार पाओस्। उनले भने, क्याम्पस यस्तो संस्थान बनिरहनुपर्छ जहाँ अलग-अलग विचार एकसाथ रहनसकोस् तथा विद्यार्थीहरूले नडराई वा दबाव बिनै आफ्नो जायज चिन्ताहरूलाई उठाउन सकुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा