
सिलगढ़ी, 14 अगस्त (हि.स.)। सेवकमा ऐतिहासिक कोरोनेशन ब्रिजको विकल्पको रूपमा प्रस्तावित नयाँ पुलको निर्माण गर्ने दिशामा एक महत्वपूर्ण कदम उठाइएको छ। टिस्टा नदीमा अतिरिक्त मेजर ब्रिज तथा त्यसको एप्रोच रोड निर्माण गर्नको लागि नयाँ टेण्डर जारी गरिएको छ। यो परियोजना पश्चिम बङ्गालका दार्जीलिङ् जिल्लामा एनएच-10 (पुराना एनएच-31)- को लगभग 591.310 किलोमीटरदेखि शुरू हुनेछ।
सो जानकारी दार्जीलिङका सांसद राजू बिष्टले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी दिएका हुन्। सबैभन्दा महत्वपूर्ण कुरा के छ भने कोरोनेशन ब्रिजको विकल्पको रूपमा प्रस्तावित परियोजनालाई अब पहिला निर्धारित चार लेनको सट्टा सिक्स सेन हाइवेको रूपमा विकसित गरिनेछ।
मार्च 2026 -मा सड़क परिवहन एवं राजमार्ग मन्त्रालयको वित्त सम्बन्धी स्थायी समितिले परियोजनाको रणनीतिक महत्व औ भविष्यमा बढ़्ने यातायातलाई मध्यनजर गर्दै सिक्स लेन कन्फिगरेशनमा विकसित गर्ने सिफारिस गरेको थियो। क्षेत्रका मानिसहरूको लागि कोरोनेशन ब्रिजको विकल्पको रूपमा नयाँ पुल निर्माण गर्ने माग लामो समयदेखिकै प्रमुख रहिआएको छ। नयाँ टेण्डर जारी भएपछि अब यस बहुप्रतीक्षित परियोजना चाँड़ै शुरू गर्ने आशा बढ़ेको छ।
यस अवसरमा क्षेत्रका सांसद राजू बिष्टले दार्जीलिङका हिमाली, तराई तथा डुवर्स क्षेत्रका मानिसहरूको पक्षबाट केन्द्र सरकार, सड़क परिवहन एवं राजमार्ग मन्त्रालय तथा एनएचएआईका अधिकारीहरूप्रति आभार व्यक्त गरे। उनले भने, क्षेत्रको सड़क बुनियादी ढाँचाको विकासलाई प्राथमिकता दिनको लागि सरकारको यो महत्वपूर्ण कदम हो। उनले क्षेत्रका मानिसहरूको धैर्य, विश्वास औ लगातार समर्थनको लागि पनि धन्यवाद दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा