
पाकिम, 14 अगस्त (हि.स.)। पाकिम जिल्लाकी जिल्लापाल परी बिश्नोईले आज आफ्नो कार्यालयमा भारी वर्षाका कारण जिल्लामा गएको पैह्रोबाट प्रभावित परिवारहरूलाई १.३० लाख रुपियाँको अनुग्रह सहायता प्रदान गरिन्। प्राकृतिक प्रकोपबाट प्रभावित व्यक्ति तथा परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले राज्य आपदा प्रतिक्रिया कोष र राष्ट्रिय आपदा प्रतिक्रिया कोष अन्तर्गत निर्धारित मापदण्ड तथा प्रावधानअनुसार उक्त आर्थिक सहायता प्रदान गरिएको हो।
---------------
हिन्दुस्थान समाचार / बिशाल