
नयाँ दिल्ली, 14 अगस्त (हि.स.)। विभाजन विभीषिका स्मृति दिवसको परिप्रेक्ष्यमा डा. अम्बेडकर इन्टरनेशनल सेन्टरमा विशेष कार्यक्रमको आयोजन गरियो। यस अवसरमा केन्द्रिय संस्कृति एवं पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावत औ दिल्ली सरकारका क्याबिनेट मन्त्री कपिल मिश्राले पीड़ितहरूको सङ्घर्ष, साहस औ बलिदानलाई नमन गरे। कार्यक्रमको माध्यमबाट वर्ष 1947- को भारत विभाजनसित जोड़िएका पीड़ा, विस्थापन, विच्छिन्नताका घटनाहरूलाई स्मरम गरियो।
“पार्टिशन हरर्स – रिमेम्बरेन्स डे” नाममा गए बिहीवार अबेर साँझ आयोजित यस विशेष कार्यक्रममा सङ्गीत, रङ्गमञ्च र भिडियोलाई एकसाथ प्रस्तुत गर्दै विभाजनको समयलाई दर्शाइयो। मन्त्री कपिल मिश्राले भने, सङ्गीत, रङ्गमञ्च एवं भिडियोको माध्यमबाट प्रस्तुत गरिएको यो कार्यक्रम इतिहासका ती मानवीय कथाहरूलाई वर्तमान पिँढ़ीसम्म पुऱ्याउने प्रयास हो जसले विभाजनको त्रासदीभित्र लुकेका पीड़ा र सङ्घर्षलाई छर्लङ्ग बनाउँछ।
कपिल मिश्राले भने, 'विभाजनको विभीषिका'-लाई वर्षौंसम्म दबाइयो तथा भुलाउने प्रयास गरियो। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशले यो सुनिश्चित गऱ्यो, 1947 सालको त्यस पीड़ा, बलिदान र त्यसबाट सिकेको पाठलाई कहिले विस्मृत नगरियोस्। विभाजन विभीषिका दिवस करोड़ौं पीड़ितहरूलाई श्रद्धाञ्जली दिने अवसर मात्र नभई भावी पिँढ़ीले इतिहासबाट पाठ सिक्ने सङ्कल्प पनि हो।
मिश्राले भने, कुनै पनि समाजले आफ्नो इतिहास, बलिदान तथा त्यसबाट लिएको पाठलाई भुल्छ भने त्यसको भविष्य कमजोर जगमाथि बस्छ। विकसित भारत- 2047 को सङ्कल्पसितै हामीले यो प्रणलाई दोहोऱ्याउनुपर्छ कि भारतको एकता, अखण्डता औ सामाजिक समरसतालाई कमजोर बनाउने मानसिकतालाई देशमा पुनः हुर्किन दिइनेछैन।
कार्यक्रममा सोनम कालरा र उनको टीमले ‘स्टोरीज अफ सेपरेशन’- को विशेष सङ्गीतमय प्रस्तुति दियो जसमा वर्ष 1947- को विभाजनले निम्त्याएको विच्छिन्नता, सङ्घर्ष एवं स्मृतिसित सम्बन्धित कथाहरूलाई कलात्मक माध्यमबाट प्रसुत गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा