
नयाँ दिल्ली, १४ अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले विभाजन विभीषिका स्मृति दिवसका अवसरमा राष्ट्रिय भावनालाई अझ सशक्त बनाउन आह्वान गरेका छन्। उनले सुभाषितमा पुरुषार्थ नै भाग्यको निर्माता हुन्छ भनी उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले आज बिहान एक्समा लेखे, “विभाजन विभीषिका स्मृति दिवसका अवसरमा ती सबै देशवासीहरूलाई हृदयदेखि नमन, जसले त्यो भीषण कालखण्डबाट बाहिर निस्केर देशको प्रगतिमा अमूल्य योगदान दिए। उनीहरूले आफ्नो साहस र सामर्थ्यबाट देखाए कि विपरीत परिस्थितिमा पनि कसरी संकल्पहरू पूरा गर्न सकिन्छ। आउनुहोस्, सद्भावना र एकतामा आधारित राष्ट्रिय भावनालाई अझ सुदृढ बनाऔँ।”
प्रधानमन्त्रीले सुभाषित साझा गर्दै लेखे, ''उद्यमस्य प्रसादेन दृश्यन्ते विविधाः कलाः। कातरा एव जल्पन्ति यद् भाव्यं तद् भविष्यति॥''
प्रधानमन्त्री मोदीको एक्स ह्यान्डलमा यसको अर्थ यसरी लेखेका छन्, “परिश्रम, उद्यम र पुरुषार्थबाट नै विविध कला, विज्ञान, प्राविधिक सीप, शिल्प तथा नवाचारको विकास हुन्छ र सफलताको मार्ग प्रशस्त हुन्छ। त्यसैले मानिसले भाग्यको भरमा बस्नु हुँदैन, बरु साहस, कर्मठता र निरन्तर प्रयासका साथ आफ्नो लक्ष्यतर्फ अग्रसर हुनुपर्छ, किनकि पुरुषार्थ नै भाग्यको निर्माता हो।
हिन्दुस्थान समाचार / भवानी थामी