तामुलपुरमा मनाइयो विभाजनको विभीषिका स्मृति दिवस
तामुलपुरमा मनाइयो विभाजनको विभीषिका स्मृति दिवस


तामुलपुर (असम), 14 अगस्त (हि.स.)। देश विभाजन कालमा भएको हिंसा, पीड़ा औ बलिदानलाई स्मरण गर्दै तामुलपुर जिल्ला प्रशासनको पहलमा शुक्रवार ‘विभाजन विभीषिका स्मृति दिवस’ मनाइयो।

तामुलपुर जिल्ला आयुक्त कार्यालयको सभाकक्षमा आयोजित कार्यक्रममा जिल्ला आयुक्त सिमी करण, आईएएस अतिरिक्त जिल्ला प्रशासनका अधिकारी-कर्मचारी तथा विभिन्न विभागीय प्रमुखहरू उपस्थित थिए। कार्यक्रमको शुरूआत विभाजन कालमा ज्यान गुमाउने तथा पिसिएका मानिसहरूको स्मृतिमा दुई मिनटको मौन धारण राखियो।

जिल्लाका विभिन्न भिलेज काउन्सिल डेभलपमेन्ट कमिटी (वीसीडीसी)- मा पनि विभाजन विभीषिका स्मृति दिवस मनाइयो। स्थानीय प्रतिनिधि, अधिकारी, कर्मचारी औ आम मानिसहरूले कार्यक्रममा भाग लिएर विभाजनको त्रासदी तथा यसबाट प्रभावित मानिसहरूको त्याग अनि पीड़ालाई स्मरण गरियो।

उल्लेखनीय छ, विभाजन कालमा भएको हिंसा अनि यसबाट प्रबावित मानिसहरूको बलिदान र पीड़ालाई स्मरण गर्नको लागि हरेक वर्ष 14 अगस्तमा विभाजन विभीषिका स्मृति दिवस मनाइन्छ। यस अवसरमा देशको एकता, शान्ति, सद्भाव औ भाइचारालाई मजबुत बनाउने सङ्कल्प लिइन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande