
कोलकाता, 14 अगस्त (हि.स.)। 11 अगस्त, 2026- को राती लगभग 11 बजे कोलकातादेखि रायगञ्ज गइरहेको एनबीएसटीसी बसमा एक्लै यात्रा गरिरहेकी एकजनामहिला यात्रीसित दुर्व्यवहार भएको सिकायत सम्बन्धी ई-मेल प्राप्त भएपछि राज्यका माननीय परिवहन मन्त्री अर्जुन सिंहले मामिलालाई तत्काल गम्भीर रूपमा लिए।
सिकायतकर्ताले बताए, उनकी पत्नी एक्लै यात्रा गरिरहेकी थिइन्। उसको सीट सङ्ख्या चार थियो। यात्रा अवधि बस चालक तथा परिचालकमा उनीसित दुर्व्यवहार गरेको आरोप लगाइयो। सिकायत प्राप्त हुनसाथ माननीय मन्त्रीले सम्बन्धित अधिकारीहरूलाई मामिलाको जाँच गरी घटनाको सम्बन्धमा रिपोर्ट प्रस्तुत गर्ने निर्देश दिए।
माननीय मन्त्रीको निर्देशपछि मामिलाको शीघ्र जाँच गरियो अनि प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ। मामिलामा आवश्यक निर्देश पहिलाबाटै जारी गरिसकिएको छ। परिचालकको भूमिका र दायित्वको पनि सम्बन्धित अधिकारीहरूले जाँच गरिरहेका छन्।
प्रारम्भिक रिपोर्ट अनुसार महिला यात्री आसन सङ्ख्या चारमा बसेकी थिइन्। उनको छेवैमा अर्थात आसन सङ्ख्या तीन मूल रूपमा अर्की महिला यात्रीको नाममा आरक्षित थियो। तर ती महिला बसमा सवार भइन। आसन खाली रहेको कारमले एकजना पुरूष यात्री त्यहाँ बसिन्। महिला यात्रीले यसमा आपत्ति जनाइन्, किनभने तिनलाई आफ्नो छेउमा पुरूष यात्री बसेकोमा आपत्ति थियो। उक्त पुरूष यात्री अर्को स्टोपेजमा उत्रियो। त्यसपछि यात्रा गर्ने क्रममा अन्य कुनै अप्रिय घटना अथवा विवाद भएको सूचनारिपोर्टमा दर्ता छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा