सीएपीको मेङ्गलीमा निर्वाचन क्षेत्रस्तरीय बैठक सम्पन्न
सीएपी बैठक


गान्तोक, 14 अगस्त (हि.स.)। सिटिजन एक्सन पार्टी सिक्किमको राङगाङ-याङगाङ विधानसभा निर्वाचन क्षेत्रको कार्यकारी परिषद्को बैठक आज मेङ्गलीमा सम्पन्न भयो। बैठकको अध्यक्षता पार्टीका उपाध्यक्ष अनिल नेपालले गरेका थिए।

बैठकमा संगठनात्मक विषयहरूबारे विभिन्न छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। बैठकमा पार्टीको तल्लो तहसम्म संगठनलाई सुदृढ़ बनाउने, सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने, सामाजिक गतिविधि सञ्चालन गर्ने, महिलाहरूको सहभागिता बढाउने, सदस्यता विस्तार गर्ने तथा आगामी कार्यक्रमहरूका विषयमा छलफल गरियो।

बैठकमा गाउँहरूमा जनताले सामना गरिरहेका विभिन्न समस्याहरूबारे पनि छलफल गरियो। विशेषगरी खानेपानीको सुविधा, रोजगारी, विकास तथा सामाजिक सुधारसँग सम्बन्धित पहलहरूको आवश्यकतामाथि जोड दिइयो। जनतालाई प्रत्यक्ष रूपमा प्रभावित गर्ने वास्तविक समस्याहरू पहिचान गरी संगठनात्मक पहलमार्फत व्यावहारिक समाधानका लागि सामूहिक रूपमा काम गर्नुपर्नेमा सदस्यहरूले जोड दिए।

बैठकले निर्वाचन क्षेत्रभरि संगठनलाई थप सुदृढ बनाउन सदस्यहरूबीच अझ राम्रो समन्वय र जिम्मेवारीको आवश्यकता रहेकोमा जोड दिएको छ। बैठकमा पारित प्रस्तावहरूका आधारमा पार्टीले क्षेत्रमा आफ्नो संगठनात्मक उपस्थिति विस्तार गर्ने निर्णय गरेका छन्।

यस अवसरमा अर्जुन शर्मा सीएपीमा सामेल भएको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande