
खड़गपुर, 14 अगस्त (हि.स.)। स्वतन्त्रता दिवसपूर्व खड़गपुर शहरलाई जाम तथा अव्यवस्थित यातायातबाट मुक्ति दिलाउनको लागि पश्चिम मेदिनीपुर पुलिस प्रशासनको पहलमा खड़गपुर टाउन ट्राफिक गार्डले शुक्रवार अवैध पार्किङ्ग औ सड़कमा अतिक्रमणविरूद्ध विशेष अभियान शुरू गऱ्यो। यसलाई ‘ब्ल्याकटप हटाऔं विशेष अभियान’- को रूपमा सञ्चालन गरिँदैछ।
अभियान अन्तर्गत शहरको एसडीओ मोड़देखि जामा मस्जिदसम्मको सड़क, भण्डारी चौक, गायत्री ज्वेलर्स बजार सहित गोलबजारका विभिन्न व्यस्त क्षेत्रहरूमा सड़कमा अवैधरूपम राखिएका वाहनहरूलाई हटाइयो। दुई चक्के र चार चक्के वाहनहरू सहित टोटो तथा अटोलाई पनि सड़कको कालो भागमा अवैध रूपमा नराख्ने चेताउनी दिइयो।
ट्राफिक पुलिसले पसलेहरूद्वारा सड़कमा सामानहरू सजाएर गरिएको अतिक्रमणको विरोधमा पनि कारबाही गऱ्यो। ह्याण्ड माइकको माध्यमबाट लगातार जागरूक गरियो कि सड़कको ‘ब्ल्याकटप’ भागमा कुनै पनि प्रकारको अवैध कब्जा वा पार्किङ्ग गर्न सकिँदैन।
पुलिस अनुसार गोलबजार र शहरका अन्य प्रमुख बजार क्षेत्रहरूमा सड़क लगातार साँघुरो हुँदै गइरहेको तियो। पसलहरूको सामान सड़कसम्म फैलिएको तथा अव्यवस्थित पार्किङ्गको कारणले आम मानिसहरूलाई आवागमन गर्नसमस्या हुनको साथै यातायात जामको समस्या पनि भइरहेको थियो। यसलाई मध्यनजर गर्दै यो विशेष अभियान शुरू गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा