
मुम्बई, 14 अगस्त (हि.स.)। महाराष्ट्रको नासिक जिल्लामा गए राती अनि शुक्रवार बिहान आएको भूकम्पको कारणले मानिसहरूमा भय फैलिएको छ। यस घटनामा कुनै पनि प्रकारको क्षय-क्षति भएको खबर प्राप्त भएको छैन। जिल्ला प्रशासनले घटनास्थलमा सर्वेक्षणको काम गरिरहेको छ। साथै नागरिकहरूलाई सतर्क रहने अपील गरिएको छ।
नासिक जिल्लाका जिल्लाधिकारी आयुष प्रसादले बताए, बितेको राती १२.०५ बजे सुगराना र कलवण क्षेत्रमा हल्का भूकम्पको झट्का महसूस गरियो। त्यसपथि शुक्रवार सबेरै 5 बजेर 33 मिनटमा यी क्षेत्रह्ररूमा फेरि भूकम्पको झट्का महसूस गरियो। दुवै ठाउँमा आएको भूकम्पको तीव्रता 3.4 रिक्टर स्केल मापन गरिएको छ।
नासिकका भूकम्प रिसर्चर डा. किरण कुमार जौहरले भने, मानिसहरूले यस सम्बन्धमा आवश्यक सतर्कता अप्नाउनुपर्छ। यसबीच पछिल्लो साता शनिवार राती पनि नासिक जिल्लामा भूकम्पको झट्कामहसूस गरिएको थियो। यसरी बारम्बार भूकम्पको झट्का महसूस भइरहेकोले मानिसहरूमा भयपूर्ण वातारण सृजना भएको छ। नासिक र गुजरातका केही क्षेत्रहरूमा जमीनमुनि केही गतिविधिहरू भइरहेका छन्। त्यसैले यो भूकम्पको झट्का महसूस गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा