
मुम्बई, 14 अगस्त(हि.स.)। महाराष्ट्रको नासिक जिल्ला अन्तर्गत देओला खण्डको रामेश्वर फाटा नजिक शुक्रवार सवेरै एसटी बस र बाइक
आपस्तमा ठोक्किएर बाइक सवार तीन जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो। घटनाको सूचना पाउनसाथ देओला पुलिस स्टेशनको टीमले घटनास्थलमा पुगेर तीनै वटा शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। यस घटनाको अनुसन्धान देओला पुलिस स्टेशनको टीमले गरिरहेको छ।
अनुसन्धान गरिरहेका पुलिस अधिकारीले बताए, बितेको राती पुणेदेखि सातना गइरहेको एसटी बस आज सवेरै भबाद बाड़ी घाटदेखि तलतिर गइरहेको थियो। यसै अवधि रामेश्वर फाटकमा बस बाइकसित ठोक्कियो। यस भयानक ठक्करमा बाइक सवार तीनै जना मानिसहरूको बसको चपेटमा परी घटनास्थलमै मृत्यु भयो। घटनाको सूचना पाउनसाथ देओला पुलिस स्टेशनका अधिकारी तथा कर्चारीहरू घटनास्थलमा पुगे। त्यसपछि स्थानीय मानिसहरूको सहयोगमा राहत अनि बचाउ कार्य शुरू गरियो।
पुलिसले शवहरूलाई देओला ग्रामीण अस्पतालमा पुऱ्यायो। घटनापछि घटनास्थलमा ठूलो सङ्ख्यामा मानिसहरू एकत्र भए। पुलिस अनुसार मृतकहरूको पहिचान अहिलेसम्म हुन सकेको छैन। पहिचान गर्ने प्रक्रिया भइरहेको छ। पुलिसले दुर्घटनाको कारण पत्तो लगाउ जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा