
कोलकाता, 14 अगस्त (हि.स.)। आर.जी. कर मेडिकल कलेज एवं अस्पतालमा महिला चिकित्सकसित दुष्कर्म औ हत्या गरेको मामिलामा फेरि अर्को पक्राउ भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको निर्देशमा यस मामिलामा नयाँ शिराबाट प्राथमिकी दर्ता गरिएपछि पुलिसले गए बिहीवार ओडिशाबाट पानीहाटीका पूर्व तृणमूल विधायक निर्मल घोषलाई पक्राउ गरेको थियो भने अब फेरि मामिलामा पीड़िताका छिमेकी तथा पूर्व पार्षद सञ्जीव मुखर्जीलाई पनि पक्राउ गरिएको छ।
पुलिस सूत्र अनुसार सञ्जीव मुखर्जीलाई कोलकाताको चिनार पार्कस्थित एउटा घरबाट पक्राउ गरिएको हो जसमाथि आरोप लगाइएको छ, उनले पीड़िताको परिवारको इच्छा अनि आपत्तिलाई बेवास्ता गर्दै शवको चाँड़ै अन्तिम संस्कार गर्नमा भूमिका निभाएका थिए। यस मामिलामा पुलिसले भगौड़ा आरोपी तथा पानीहाटी नगरपालिकाका अध्यक्ष सोमनाथ देलाई पनि खोजिरहेको छ।
यद्यपि सञ्जीव मुखर्जीले हालैमा आफूमाथि लगाइएका आरोपहरूलाई अस्वीकार गरेका थिए। उनको दाबी थियो, घटना घटेको दिन उनी मृतका चिकित्सकको परिवारसित उपस्थित थिए भने उनी छिमेकीको नातामा सहयोग गर्नका लागि त्यहाँ गएका थिए। उनले भनेका थिए, छिमेकीलाई सहायता गरेकै कारणले उनी यस मामिलामा फसेका हुन्।
स्मरण गराइन्छ, मृत चिकित्सकका पिताले पछिल्लो सोमवार निर्मल घोष सहित तीन जनाविरूद्ध प्राथमिकी दर्ता गर्ने माग गरेका थिए। यसको दुई दिनपछि नै थप दुई जना आरोपीहरूलाई पक्राउ गरिएको छ। पुलिसले अब मामिलामा अन्य आरोपीहरूको भूमिकाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा