असमका मुख्यमन्त्रीले स्वतन्त्रता दिवसमा बाढ़ी पुनर्वासको उल्लेख गरे, शहीदहरूलाई दिए श्रद्धाञ्जली
असमका मुख्यमन्त्रीले स्वतन्त्रता दिवसमा बाढ़ी पुनर्वासको उल्लेख गरे, शहीदहरूलाई दिए श्रद्धाञ्जली


गुवाहाटी, 15 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले 15 अगस्तमा भने, राज्य सरकारले बाढ़ी प्रभावित परिवारहरूका लागि एक व्यापक पुनर्वास योजनामाथि काम गरिरहेको छ। यस योजनाको मुख्य उद्देश्य आधारभूत ढाँचालाई पुनर्निर्माण गर्नु तथा असमलाई बाढ़ीको सामना गर्नको लागि अधिक सक्षम बनाउनु हो।

स्वतन्त्रता दिवसको आफ्नो सन्देशमा डा. सरमाले भने, बाढ़ीले पुऱ्याएको क्षय-क्षतिको द्रूत गतिमा डिजिटल मूल्याङ्कन गर्नाले पुनर्वास तथा पुनर्निर्माणको काम द्रूत गतिमा हुनसक्छ। उनले बलियो बुनियादी ढाँचा, समयमा औ सठीक चेताउनी,आधुनिक तकनिक तथा मजबुत आजीविकामाथि बल दिए।

उनले भने, बाढ़ीबाट प्रभावित पात्र परिवारहरूलाई क्षतिग्रस्त घरहरूको मरम्मत र पशुधन, पोल्ट्री, ट्यूबवेल, कर्घा एवं कपड़ा उद्योगलाई पुनः शुरू गर्नको लागि सहायता दिइनेछ। सरकारले बाढ़ी प्रभावित परिवारहरूको वित्तीय बोझ घटाउनको लागि ऋण भुक्तानीमा समय (मोरेटोरियम) पनि दिनेछ।

डा. सरमाले अझ भने, पुनर्प्राप्ति प्रक्रियामा शिक्षालाई सुरक्षित राखिनेछ। प्रभावित स्कूल तथा विद्यार्थीहरूलाई सहयोग दिइनेछ ताकि बाढ़ीबाट उनीहरूको शिक्षा र भविष्यका सम्भावनाहरूमाथि कुनै प्रभाव नपरोस्।

उनले भने, यस कठिन समयमा सरकारले आफूलाई राहत दिनेसम्म मात्र सीमित राखेको छैन। हामीले हरेक बाढ़ी प्रभावित परिवारको साथमा उभिएर उनीहरूलाई सामान्य जीवनमा फर्काउनका लागि द्रूत गतिमाकाम गरिरहेका छौं।

स्वतन्त्रता दिवसको महत्वमाथि बल दिँदै डा. सरमाले भने, देशभक्ति भारतीय सभ्यताको एक अभिन्न अङ्ग हो भने भावी पिँढ़ीले सभ्यताको यस सन्देशलाई अगाड़ि बढ़ाउनेछ।

उनले भने, स्वतन्त्रता दिवस एक राष्ट्रिय पर्व मात्र नभई यो अनगन्ती देशभक्तहरूको बलिदान, तपस्या, साहस र आत्म-बलिदानलाई स्मरण गर्ने एक पवित्र अवसर हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande