असमः कारको ठक्करले सब-इन्स्पेक्टरको मृत्यु
असमः कारको ठक्करले सब-इन्स्पेक्टरको मृत्यु


डिमा हसाओ (असम), 15 अगस्त (हि.स.)। एक दुःखदायी सड़क दुर्घटनामा परी लाइसोङ्ग पुलिस आउटपोस्टका इञ्चार्ज सब-इन्स्पेक्टर नबजीत दासको मृत्यु भयो। प्राप्त जानकारी अनुसार बितेको 14 अगस्तको साँझ लाइजोङ्ग क्षेत्रमा भइरहेको नाका जाँच अवधि एउटा कारले उनलाई भयानक ठक्कर दियो।

रिपोर्टों मुताविक दासले अन्य पुलिसकर्मीहरूसितै नाका जाँच गरिरहेका थिए। यसै अवधि एउटा कार (एएस-02एजे- 4335)-ले उनलाई ठक्कर दियो। दुर्घटनापछि उनलाई गम्भीर घाइते अवस्थामा तत्कालै हाफलोङ्ग सिभिल अस्पतालमा लगियो जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए।

दास उदालगुरी जिल्लाको उदालगुरी थाना क्षेत्रका स्थायी निवासी थिए। उनको मृत्युले पुलिस महकुमामा शोक व्याप्त भएको छ। साथी अनि शुभचिन्तकहरूले ड्यूटी अवधि ज्यान गुमाउने यी अधिकारीको निधनमा दुःख व्यक्त गरेका छन्। अग्रिम जानकारीको प्रतीक्षा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande