80औं स्वाधीनता दिवसमा दिल्ली विश्वविद्यालयमा कुलपतिले गरे ध्वजारोहण, एनसीसी क्याडेट्सले दिए सलामी
80औं स्वाधीनता दिवसमा दिल्ली विश्वविद्यालयमा कुलपतिले गरे ध्वजारोहण, एनसीसी क्याडेट्सले दिए सलामी


नयाँ दिल्ली, 15 अगस्त (हि.स.)। दिल्ली विश्वविद्यालयमा 80औं स्वाधीनता दिवसको अवसरमा कुलपति प्रो. योगेश सिंहले ध्वजारोहण गरे। यस अवसरमा विश्वविद्यालयको एनसीसी क्याडेट्सले राष्ट्रिय ध्वजलाई सलामी दिए।

समारोहलाई सम्बोधन गर्दै कुलपतिले भने, राष्ट्रले आफ्नो गौरवलाई मात्र स्मरण गर्नाले महान बन्दैन, आफ्नो पीड़ालाई पनि स्मरण गर्न आवश्यक छ ताकि इतिहासका यस्ता दुःखदायी घटनाहरूको पुनरावृत्ति नहोस्।

प्रो. योगेश सिंहले भने, स्वतन्त्रताको उत्सवसितै हामीले भारत विभाजनको पीड़ालाई पनि स्मरण गर्नुपर्छ। उनले विभाजनलाई आधुनि इतिहासको सबभन्दा ठूलो त्रासदीहरूमध्ये एक बताउँदै भने, यस अवधिद लाखौं मानिसहरूको हत्या भयो, लगभग डेढ़ करोड़ मानिसहरूले आफ्नो पुर्खाको घर-जमीनलाई छोड़्नु पऱ्यो। यो यस्तो विभाजन र पलायन थियो जसको पहिलाबाटै कुनै तयारी गरिएको थिएन। उनले भने, स्थितिको गम्भीरताको अनुमान यस कुराबाट लगाउन सकिन्छ कि 15 अगस्तको दिन लाहौर आफूलाई पनि थाहा थिएन कि उभारतमा छ कि पाकिस्तानमा।

कुलपतिले भने, इतिहासलाई याद राख्नु यसकारणले आवश्यक छ ताकि यस्तो पीड़ादायी घटना भारत र यहाँका बाल-बालिकाहरूले पुनः भोग्न नपरोस्। उनले भने, स्वाधीनता दिवस ती स्वतन्त्रता सेनानीहरूलाई कृतज्ञ मन रसिलो आँखा लिएर नमन गर्ने अवसर हो जसले राष्ट्रको लागि आफ्नो प्राण न्यौछावर गरे। उनीहरूको जीवनमा स्वहितभन्दा माथि राष्ट्रहितको भावना थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande