
किश्तवार, 15 अगस्त (हि.स.)। जम्मू डिभिजनको किश्तवार जिल्लाको दच्छन क्षेत्रमा शनिवार भएको सड़क दुर्घटनामा महिन्द्रा स्कर्पियो चेनाब नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।
अधिकारीहरू अनुसार, स्कर्पियो बिहान 10ः45 बजीतिर दङ्गादारूबाट सौन्दर गइऱहेको बेला येनवान दङ्गादारूमा यो दुर्घटना भएको हो। गाड़ी सडकबाट चिप्लेर चेनाब नदीमा खसेको बताइएको छ। त्यसपछि उद्धार अभियान शुरु गरियो।
घटनापछि स्थानीय बासिन्दा र अन्य कर्मचारी सहित दच्छन पुलिस थानाको टोली घटनास्थलमा पुग्यो र गाड़ीमा रहेका मानिसहरूलाई पत्ता लगाउन र निकाल्ने प्रयास शुरु गऱ्यो।
अहिलेसम्म दुर्घटनास्थलबाट पाँच जनाको शव निकालिएको अधिकारीहरूले बताएका छन्। दुर्घटनाको समय गाड़ीमा यात्रुहरूको सही सङ्ख्या अझै अनिश्चित छ जबकि मृतकको पहिचान भइरहेको छ। घटनास्थलमा उद्धार कार्य जारी छ र दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ।
/ बिशाल