
सिलगढ़ी, 15 अगस्त (हि.स.)। देशको 80औं स्वतन्त्रता दिवसको अवसरमा उत्तर बङ्गालमा विभिन्न कार्यक्रमहरूको माध्यमबाट स्वतन्त्रताको उत्साह मनाइयो। सिलगढ़ीको मैनाक टुरिस्ट लजस्थित पर्यटन विभागको कार्यालयमा पनि पर्यटन मन्त्री शङ्कर घोषले राष्ट्रिय झण्डा फहराएर स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली दिए। यता उत्तर बङ्गालको मिनी सचिवालय ‘उत्तरकन्या’- मा पहिलो पटक उत्तर बङ्गाल विकास मन्त्री निशीथ प्रामाणिकले तिरङ्गा फहराए।
यस अवसरमा पर्यटन मन्त्री शङ्कर घोषले देश स्वतन्त्रताको लागि आफ्नो प्राणको आहुति दिने सबै वीर स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै देशवासीहरूलाई स्वतन्त्रता दिवसको शुभकामना पनि दिए।
वर्ष 2014- मा उत्तरकन्याको उद्घाटन भएपछि स्वतन्त्रता दिवस तथा गणतन्त्र दिवसमा यहाँ आम रूपमा अधिकारी वा डिभीजनल कमिश्नरले नै ध्वजारोहण गर्दै आएका थिए भने यसपालि यस परम्परामा फेरबदल गर्दै मन्त्री स्वयंले तिरङ्गा फहराए।
ध्वजारोहणपछि पत्रकारहरूसित बातचित गर्दै मन्त्री निशीथ प्रामाणिकले भने, उत्तरकन्यामा अब बदलाउको शुरूआत भइसेको छ। उनले बताए, वर्तमानमा शिक्षा मन्त्री, वन मन्त्री सहित अन्य मन्त्रीहरूले यहाँबाटै जनतालाई सेवा दिरहेका छन्। भविष्यमा दक्षिण बङ्गालका मन्त्रीहरूको लागि पनि यहाँ च्याम्बरको व्यवस्था गर्ने योजना छ।
नेताजी सुभाष चन्द्र बोसलाई लिएर भइरहेको विवादमाथि पनि निशीथ प्रामाणिकले कड़ा प्रतिक्रिया व्यक्त गरे। उनले भने, नेताजी जस्ता सपूतलाी भारतको हरेक आमाले जन्म दिनुपर्छ। नेताजीविरूद्ध आपत्तिजनक टिप्पणी गर्नेहरूलाई उनले कड़ा चेताउनी दिँदै भने, यस्ता मानिसहरूविरूद्ध तत्काल कानूनी कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा