कोलकाता बन्दरगाहमा फहराइयो 197 फुट अग्लो तिरङ्गा
कोलकाता बन्दरगाहमा फहराइयो 197 फुट अग्लो तिरङ्गा


कोलकाता, 14 अगस्त (हि.स.)। ‘हर घर तिरङ्गा’ अभियान अन्तर्गत श्यामा प्रसाद मुखर्जी पोर्ट प्राधिकरणले नेताजी सुभाष डकमा 60 मीटर अग्लो ध्वजस्तम्भमा राष्ट्रिय ध्वज फहरायो। लगभग 197 फुट अग्लो यो तिरङ्गा कोलकातामा स्थापित सबैभन्दा अग्लो राष्ट्रिय झण्डामध्ये एक हो।

पोर्ट प्राधिकरणका एकजना वरिष्ठ अधिकारीले बताए, ध्वजस्तम्भमा 30 फुट अग्लो र 20 फुट चौड़ादार राष्ट्रिय झण्डा लगाइएको छ। यसबाट ऐतिहासिक बन्दरगाह परिसरमा तिरङ्गा एउटा नयाँ प्रमुख स्थलको रूपमा उदाएको छ। उनले भने, यो पहलले ‘हर घर तिरङ्गा’- को भावना अनुरूप राष्ट्रिय गौरव, एकता औ विकसित भारतप्रति सामूहिक प्रतिबद्धतालाई दर्शाउँछ।

अधिकारी अनुसार ऐतिहासिक गोदीमाथि फहराएको तिरङ्गा कोलकाता बन्दरगाहमा भारतको समुद्री धरोहर तथा राष्ट्र निर्माणमा लामो समयदेखि रहेको भूमिकाको प्रतीक हो।

यो ध्वजस्तम्भलाई स्थायी रूपमा स्थापित गरिएको छ भने यसको अनुमानित उपयोग अवधि 25 वर्ष रहेको छ। यसलाई उच्च क्षमता भएको इस्पातले बनिएको 20 वटा भुजाकार ढाँचामा तयार गरिएको छ। यसको लागि प्रबलित सीमेन्ट कङ्क्रिटको आधार बनाइएको छ। झण्डालाई मोटर चालित दोहोरो ड्रम भएको चर्खा प्रणालीको माध्यमबाट फहराउने अनि उतार्ने गर्न सकिन्छ।

कोलकाता बन्दरगाह देशको सबैभन्दा पुराना परिचालनरत नदी आधारित प्रमुख बन्दरगाह हो। यसको औपचारिक सञ्चालन 1870 सालमा शुरू भएको थियो भने नयाँ झण्डा ऐतिहासिक घड़ी टावरको छेउमा लगाइएको छ। यो घड़ी टावर 1899 सालमा बनिएको थियो जसले यहाँ आउने जहाजहरूको लागि समय बताउनमा महत्वपूर्ण भूमिका निभाउँथ्यो।

नेताजी सुभाष डाकलाई वर्ष 1928- मा ‘किङ्ग जर्ज डक’- को रूपमा शुरू गरिएको थियो भने वर्ष 1973-मा यसको नाम परिवर्तन गरेर नेताजी सुभाष डक बनाइएको हो। द्वितीय विश्वयुद्धमा पनि यस डकको महत्वपूर्ण भूमिका रहेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande