ब्रिक्स देशहरूको पर्यावरण कार्य समूहले जलवायु परिवर्तन सहित दिगो विकासमा छलफल गरे
भारत की ब्रिक्स अध्यक्षता-2026 के तहत पर्यावरण कार्य समूह और जलवायु परिवर्तन एवं सतत विकास संपर्क समूह की वरिष्ठ अधिकारियों की बैठक


पर्यावरण, वन एवं जलवायु परिवर्तन मंत्रालय के सचिव तन्मय कुमार


- 12औँ पर्यावरण मन्त्रीहरूको बैठक भोली

नयाँ दिल्ली, 17 अगस्त (हि.स.)। भारतको ब्रिक्स अध्यक्षता-2026 अन्तर्गत पर्यावरण कार्य समूह र जलवायु परिवर्तन तथा दिगो विकास सम्पर्क समूहका वरिष्ठ अधिकारीहरूको बैठक सोमवार भारत मण्डपममा सम्पन्न भएको छ। बैठकको अध्यक्षता पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सचिव तन्मय कुमारले गरेए। यसमा ब्रिक्सका सदस्य ब्राजील, चीन, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, रुस, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्सका प्रतिनिधिहरूले भाग लि।

बैठकमा पर्यावरणीय संरक्षण, जलवायु परिवर्तन र दिगो विकाससँग सम्बन्धित साझा मुद्दाहरूमा लामो छलफल गरियो। यस अवसरमा बोल्दै तन्मय कुमारले विगत दुई दशकमा प्रदूषण, जैविक विविधता हानि र ग्लोबल वार्मिङ जस्ता पर्यावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न आर्थिक सहयोगको मञ्चबाट अगाड़ी बढ़ेर महत्वपूर्ण सहयोगको मञ्चको रूपमा अघि आएको बताए।

जलवायु लचिलोपना र अनुकूलनका साथै संसाधन दक्षता, सर्कुलर अर्थव्यवस्था र पर्य़ावरणीय शासन जस्ता क्षेत्रहरूमा अब ब्रिक्सको सहयोग विस्तार भएको उनले बताए।

भारतको अध्यक्षतामा चार वटा प्रमुख क्षेत्रहरूलाई प्राथमिकता दिइएको छ। यसमा दिगो जीवन शैली, वनरोपण र वन आगो व्यवस्थापनको साथ आपदा लचिलोपनलाई बढ़ावा दिन, सर्कुलर अर्थव्यवस्था र जलवायु अनुकूलन सामेल छ।

भारतको अध्यक्षता शुरु भएदेखि सदस्य राष्ट्रहरूबीच 21 वटा भर्चुअल विषयगत र संवाद बैठकहरू, 10 वटा द्विपक्षीय परामर्शहरू, दुई वटा विषयगत संवादहरू र दुई वटा प्राविधिक वेबिनारहरू आयोजना गरिएको जानकारी बैठकमा दिइयो।

अधिकारीहरूले जलवायु लचिलोपना, इकोसिस्टम पुनर्स्थापना, स्रोत दक्षता र दिगो विकास एकअर्कासँग जोड़िएका विषयवस्तुहरू भएको बताए। यी चुनौतीहरूलाई सम्बोधन गर्न एकीकृत र समग्र दृष्टिकोण आवश्यक छ।

सदस्य राष्ट्रहरूका प्रतिनिधिमण्डलहरूले भारतको सफल ब्रिक्स अध्यक्षताको प्रशंसा गरे र आपसी सम्मान, विश्वास र सहमतिमा आधारित निर्णय प्रक्रिया अन्तर्गत आयोजित छलफलहरूको प्रशंसा गरे।

12औँ ब्रिकस पर्यावरण मन्त्रीहरूको बैठक मङ्गलवार, 18 अगस्तमा नयाँ दिल्लीमा हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande