
नयाँ दिल्ली, १७ अगस्त (हि.स.)। भाजपा नेता शहजाद पूनावालाले पार्टीका सबै पदबाट राजीनामा दिएका छन्। उनले पार्टी अध्यक्ष नितिन नवीनलाई यसपटक आफ्नो राजीनामा स्वीकार गरिदिन आग्रह गरेका छन्। यसअघि पनि उनले ३० जुलाईमा राजीनामा दिएका थिए, तर पार्टीले त्यसलाई स्वीकार गरेको थिएन।
सोमबार भाजपा नेता शहजाद पूनावालाले एक्समार्फत जानकारी दिँदै आफूले पुनः भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनलाई राजीनामा पठाएको र त्यसलाई स्वीकार गर्न अनुरोध गरेको बताए।
पूनावालाले भाजपा तथा पार्टीको शीर्ष नेतृत्वप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रियमन्त्री नितिन गडकरी, जेपी नड्डा तथा बीएल सन्तोषबाट आफूले निरन्तर मार्गदर्शन र सहयोग पाएको बताए।
उनले भाजपा तथा व्यापक संघ परिवारले आफूलाई प्रदान गरेको अवसर र मञ्चप्रति सधैँ कृतज्ञ रहने बताए। आफूजस्तो युवा, पसमांदा मुस्लिम तथा गैर-वंशवादी व्यक्तिलाई भाजपा पार्टीले अवसर प्रदान गरेको उनले उल्लेख गरे।
पूनावालाले आफूले अत्यन्त मन पराउने पार्टी तथा राष्ट्रिय प्रवक्ताको पदबाट बिदा लिन लागेको बताए। यद्यपि, ‘विकसित भारत’ र ‘मेक इन्डिया ग्रेट अगेन’ को मिशन तथा दृष्टिकोणप्रतिको आफ्नो समर्पण आगामी दिनमा अझ बढी जोश र उत्साहका साथ जारी रहने उनले स्पष्ट पारे।
हिन्दुस्थान समाचार / भवानी थामी