जेपी नड्डाको एन्जियोप्लास्टी, अवस्था स्थिर
केंद्रीय स्वास्थ्य मंत्री जेपी नड्डा


नयाँ दिल्ली, 18 अगस्त (हि.स.)। केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाको सोमवार एन्जियोप्लास्टी भएपछि उनको अवस्था स्थिर छ।

मङ्गलवार अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) द्वारा जारी मेडिकल बुलेटिन अनुसार, जेपी नड्डालाई सोमवार 17 अगस्तमा एन्जियोप्लास्टीपछि एम्सको कार्डियोलोजी विभागमा मेडिकल निगरानीमा राखिएको छ। चिकित्सकको एउटा टोलीले उनको स्वास्थ्यलाई निरन्तर निगरानी गरिरहेको छ।

उल्लेखनीय कुरा के छ भने केन्द्रिय स्वास्थ्य मन्त्री जेपी नड्डालाई 13 अगस्तको साँझ असहजता र छातीमा दुःखाइको गुनासो गरेपछि एम्समा भर्ती गरिएको थियो। उनको कोरोनरी एन्जियोग्राफी गरिएको छ र हाल कार्डियोलोजी विभागका डाक्टरहरूको निगरानीमा छन्, उनको अवस्था स्थिर छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande