कोलकाताको फ्री स्कूल स्ट्रिटस्थित होटलमा आगलागी, नौ जनाको मृत्यु
कोलकाता के होटल में आग


कोलकाता, १९ अगस्त (हि.स.)। कोलकाताको फ्री स्कूल स्ट्रिट क्षेत्रमा मंगलबार अबेर राति एक होटलमा आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ। आगो तीव्र गतिमा फैलिँदा आसपासका केही होटलहरू पनि यसको चपेटामा परेका छन्। धुवाँका कारण निसास्सिएर केही मानिस बेहोस भएका थिए। उनीहरूलाई घटनास्थलबाट उद्धार गरी अस्पताल पुर्‍याइएको छ। घटनापछि क्षेत्रमा भागदौड मच्चिएको थियो।

स्थानीयवासीका अनुसार, राति लगभग २ बजी होटलको तेस्रो तलामा आगो लागेको थियो। केही समयमै होटलका कोठाहरू धुवाँले भरिएका थिए र आगो छेउछाउका भागमा समेत फैलिएको थियो। होटलमा बसेका मानिसहरूबीच भागदौड मच्चियो र ज्यान जोगाउन उनीहरूले बाहिर निस्कने प्रयास गरेका थिए।

दमकल विभागलाई राति २ बजेर ७ मिनेटमा आगलागीको सूचना प्राप्त भएको थियो। त्यसपछि दमकलका कैयौँ गाडी घटनास्थलमा पुगे। न्यू मार्केट थानाको पुलिस र आपदा प्रबन्धन टोली पनि घटनास्थलमा पुगेको थियो। होटल साँघुरो गल्लीमा रहेकाले दमकलका गाडीहरूलाई धेरै भित्रसम्म लैजान सम्भव थिएन। त्यसैले शुरुमा दमकलकर्मीहरूले बाहिरबाटै आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए। पछि उनीहरू होटलभित्र प्रवेश गरी ठूलो स्तरमा उद्धार अभियान सञ्चालन गरे।

दमकल विभागको प्रारम्भिक अनुमानअनुसार, सर्ट सर्किटका कारण आगलागी भएको हुनसक्ने बताइएको छ। यद्यपि, आगलागीको वास्तविक कारण विस्तृत जाँचपछि मात्र पत्ता लाग्नेछ। घटनास्थलमा फरेन्सिक विशेषज्ञहरूको टोली पनि पुगेर जाँच गर्नेछ।

यस घटनाले सोमबार बिहानै वीरभूमको तारापीठमा भएको होटल आगलागीको घटनालाई पुनः सम्झाएको छ। उक्त दुर्घटनामा पनि जलेर नौ जनाको मृत्यु भएको थियो। घटनापछि होटलका मालिक प्रबीर पाल र उनका छोरा कल्याण आशीष पाललाई प्रहरीले पक्राउ गरेको थियो।

कोलकाताको पछिल्लो घटनाले करिब एक वर्षअघि मध्य कोलकाताको मेचुआ फलपट्टी क्षेत्रमा भएको होटल आगलागीको घटनाको पनि स्मरण गराएको छ। उक्त दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande