प्रधानमन्त्री मोदीले ‘सुभाषितम्’ मार्फत कठिन परिस्थितिमा पनि धैर्य कायम राख्न सन्देश दिए
प्रधानमंत्री नरेन्द्र मोदी की एक्स पोस्ट।


नयाँ दिल्ली, २० अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सधैंझैँ आज बिहान ‘सुभाषितम्’ अन्तर्गत प्रसिद्ध संस्कृत ग्रन्थ कथासरित्सागरको एक श्लोक आफ्नो एक्स ह्यान्डलमा साझा गर्दै कठिन परिस्थितिमा पनि धैर्य र उत्साह कायम राख्न सन्देश दिएका छन्।

उनले साझा गरेको श्लोक यस प्रकार छ-''आपत्काले च कष्टेऽपि नोत्साहस्त्यज्यते बुधैः। इति प्रबोधितस्तेन कथञ्चिद् दृढबुद्धिना।।''

यस ग्रन्थका रचयिता महाकवि सोमदेव भट्ट हुन्। प्रधानमन्त्रीले आफ्नो पोस्टमा उक्त श्लोकको अर्थ यसरी उल्लेख गरेका छन्-

“स्थिर र दृढ़ बुद्धि भएका ज्ञानी व्यक्तिहरूले समयअनुसार यसरी सम्झाउँछन् कि बुद्धिमान मानिसहरूले संकट र कठिन परिस्थितिमा पनि कहिल्यै आफ्नो उत्साह गुमाउँदैनन्।”

यस सन्देशमार्फत प्रधानमन्त्री मोदीले प्रतिकूल अवस्था र चुनौतीहरूको सामना गर्दा पनि आत्मविश्वास, धैर्य तथा सकारात्मक सोच कायम राख्न प्रेरणा दिएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande