उपराष्ट्रपतिले पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई जयन्तीमा श्रद्धाञ्जली दिए
पूर्व प्रधानमंत्री राजीव गांधी (फाइल फोटो)


नयाँ दिल्ली, २० अगस्त (हि.स.)। उपराष्ट्रपति सीपी राधाकृष्णनले बिहीबार पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई जयन्तीका अवसरमा श्रद्धाञ्जली अर्पण गरेका छन्।

उपराष्ट्रपति राधाकृष्णनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “म उहाँको स्मृतिप्रति नमन गर्दछु र राष्ट्रप्रतिको उहाँको सेवा तथा सार्वजनिक जीवनमा उहाँले पुर्याउनुभएको योगदानलाई स्मरण गर्दछु।”

उपराष्ट्रपतिले आजै वीर पूसारी पुलिथेवरको सेनाका कमाण्डर शहीद ओन्डीवीरनको बलिदानलाई पनि स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले वीर पूसारी पुलिथेवरको शक्तिशाली सेनाका साहसी कमाण्डर ओन्डीवीरनले ईस्ट इण्डिया कम्पनीको प्रभुत्वविरुद्ध निडरतापूर्वक लडेको उल्लेख गरेका छन्।

उनका अनुसार, ओन्डीवीरनको वीरता, त्याग र युद्धकौशलले भारतको स्वतन्त्रता सङ्घर्षको इतिहासमा अमिट छाप छोडेको छ। उनको साहसिक भावना र त्यागमय जीवनले आगामी पुस्तालाई सदैव प्रेरणा प्रदान गरिरहनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande