असमः बाढीबाट ७३ गाउँका १५ हजार ५१२ नागरिक अझै प्रभावित
असम बाढ़ः राष्ट्रीय स्वयंसेवक संघ एवं विचार परिवार के द्वारा प्रभावितों के बीच चलाए जा रहे राहत एवं सेवा कार्यों का दृश्य


गुवाहाटी, २२ अगस्त (हि.स.)। असमका धेरै क्षेत्रमा पानीको सतह घट्दै गएसँगै अवस्था सुधार हुँदै गएको छ। तर शिवसागर, गोलाघाट, जोरहाट, नगाउँ, धेमाजी र कछार जिल्लामा बाढीको संकट तथा यसको प्रभाव अझै कायम रहेको छ। यी जिल्लाका ७३ गाउँका १५ हजार ५१२ नागरिक अझै बाढीबाट प्रभावित छन्। प्रशासन र आपदा प्रबन्धन टोली प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा जुटिरहेका छन्।

असम राज्य आपदा प्रबन्धन प्राधिकरण (एएसडीएमए) द्वारा जारी तथ्यांकअनुसार, सबै नदीहरू अहिले खतरा सतहभन्दा तल बगिरहेका छन्। यस वर्षको बाढीमा ज्यान गुमाउनेको संख्या १०६ पुगेको छ। बाढीका कारण सबैभन्दा बढी क्षति शिवसागर, चराइदेव, जोरहाट र गोलाघाट जिल्लामा भएको छ। हाल बाढीको अवस्था ६ जिल्लामा कायम छ। प्रभावित जिल्लाहरूमा शिवसागर, धेमाजी, गोलाघाट, जोरहाट, नगाउँ र कछार रहेका छन्। बाढीले ६ जिल्लाका १३ राजस्व मण्डलअन्तर्गतका ७३ गाउँ प्रभावित भएका छन्। हाल राज्यका १५ हजार ५१२ नागरिक प्रभावित छन् भने ६ हजार २९९ हेक्टर कृषि भूमि अझै पानीमुनि रहेको छ।

राज्य सरकारले बाढी प्रभावितका लागि हालसम्म ५ राहत शिविर र ३ राहत वितरण केन्द्र गरी कुल ८ वटा शिविर सञ्चालनमा राखेको छ। राहत शिविरमा १८३ जना आश्रित छन् भने राहत वितरण केन्द्रमार्फत ४ हजार ९७९ गैर शिविरवासीले राहत प्राप्त गरिरहेका छन्। बुधबारसम्म बाढीबाट प्रभावित पशुहरूको संख्या ९ हजार ६४२ पुगेको छ।

२१ अगस्तसम्मको तथ्यांकअनुसार, शिवसागर जिल्लामा १२ वटा कच्ची घर पूर्ण रूपमा नष्ट भएका छन् भने ५ वटा पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, १० वटा कच्ची घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। पक्की घर आंशिक रूपमा क्षतिग्रस्त हुने संख्या ३ रहेको छ। अन्य प्रकारका ७ वटा झुपडी तथा ७ वटा पशुशाला पनि क्षतिग्रस्त भएका छन्। बाढी प्रभावित क्षेत्रमा बुधबार राज्य सरकारले एक चिकित्सकीय टोली पनि परिचालन गरेको छ।

यसैबीच, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले दिल्लीमा प्रधानमन्त्री तथा केन्द्रिय मन्त्रीहरूसँग भेट गरी राज्यको वर्तमान अवस्थाबारे जानकारी गराएका छन् र आवश्यक सहयोग तथा कदमका लागि आग्रह गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande