चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालको वैदेशिक व्यापार ३५.४४ प्रतिशतले वृद्धि
नेपाल का कष्टम विभाग


काठमाडौं, २२ अगस्त (हि.स.)। नेपालको कुल वैदेशिक व्यापारमा आर्थिक वर्ष २०२६/२७ को पहिलो महिना अर्थात् मध्य जुलाईदेखि मध्य अगस्त २०२६ सम्म ३५.४४ प्रतिशतको वृद्धि भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार, समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार बढेर २ खरब २६ अरब १४ करोड नेपाली रुपियाँ पुगेको छ। आर्थिक वर्ष २०२५/२६ को सोही अवधिमा यो रकम १ खरब ६६ अरब ९७ करोड रुपियाँ रहेको थियो।

समीक्षा अवधिमा नेपालको आयात ३१.०४ प्रतिशतले बढेर १ खरभ ८७ अरब ४४ करोड रुपीयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा आयात १ खरब ४३ अरब ४ करोड रुपियाँ रहेको थियो।

यस्तै, निर्यातमा अझ बढी वृद्धि भएको छ। नेपालको कुल निर्यातमा ६१.७२ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो महिनामा २३ अरब ९३ करोड रुपियाँ बराबरको निर्यात भएकोमा मध्य जुलाईदेखि मध्य अगस्त २०२६ सम्म यो बढेर ३८ अरब ७० करोड रुपियाँ पुगेको छ।

निर्यातमा उल्लेखनीय वृद्धि भए पनि आयातको मात्रा बढी रहेकाले नेपालको व्यापार घाटा २४.८८ प्रतिशतले बढेर १ खरब ४८ अरब ७३ करोड रुपियाँ पुगेको छ। गत वर्षको सोही अवधिमा व्यापार घाटा १ खरब १९ अरब १० करोड रुपियाँ रहेको थियो।

यद्यपि, आयात-निर्यात अनुपातमा १.९७ प्रतिशतले सुधार भएको छ। उक्त अनुपात ५.९ बाट घटेर ४.८४ मा पुगेको छ। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेर १७.११ प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही अवधिमा १४.३३ प्रतिशत रहेको थियो। त्यस्तै, आयातको हिस्सा ८५.६७ प्रतिशतबाट घटेर ८२.८९ प्रतिशतमा झरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande