विदेशमा रहेका नेपाली मतदातालाई मतदान अधिकारका लागि कानुन बनाउन गृहमन्त्रीको आग्रह
नेपाल के गृहमंत्री सुदन गुरूंग


काठमाडौँ, २२ अगस्त (हि.स.)। नेपालका गृहमन्त्री सुदन गुरुङले विदेशमा रहेका तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर बसोबास गरिरहेका नेपाली मतदातालाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी प्रावधान प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयकमा समावेश गर्न आग्रह गरेका छन्। निर्वाचन आयोगसँग निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा तथा निर्वाचन सुधारका विषयमा भएको छलफलका क्रममा गृहमन्त्री गुरुङले यस्तो आग्रह गरेका हुन्। उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गर्ने व्यवस्थाका लागि आवश्यक प्राविधिक तयारीसमेत अघि बढाउन आयोगलाई आग्रह गरे।

गुरुङले वर्तमान सरकार विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए। उनले अघिल्ला निर्वाचनमै विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउन सरकारले प्रयास गरे पनि केही प्राविधिक कारणले त्यसलाई कार्यान्वयन गर्न नसकिएको उल्लेख गरे। अघिल्लो निर्वाचनमा देखिएका समस्याको समाधानका लागि आवश्यक कदम चाल्न उनले निर्वाचन आयोगलाई आग्रह गरे।

मुख्य निर्वाचन आयुक्त मानबहादुर कार्कीले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्ने व्यवस्थाका लागि कानुनी, संस्थागत तथा प्राविधिक तयारी शुरु भइसकेको जानकारी दिए। उनले यसका लागि आवश्यक स्रोतसाधन र जनशक्ति सरकारले उपलब्ध गराउने अपेक्षा व्यक्त गरे।

कार्कीले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतालाई थप सुदृढ़ गर्दै आम मतदाताको इच्छाअनुसार निर्वाचन प्रक्रिया तथा प्रणालीमा सुधार गर्न आयोग सक्रिय रूपमा काम गरिरहेको बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande