दिल्ली-एनसीआरमा तीव्र हावाहुरीसहित वर्षा, २५ राज्यमा भारी वर्षाको चेताउनी
दिल्ली-एनसीआरमा तीव्र हावाहुरीसहित वर्षा, २५ राज्यमा भारी वर्षाको चेताउनी


नयाँ दिल्ली, २३ अगस्त (हि.स.)। भारतका विभिन्न राज्यका केही क्षेत्रमा मनसुन पुनः सक्रिय बनेसँगै मैदानी क्षेत्रदेखि पहाडी राज्यसम्म मौसममा ठूलो परिवर्तन आएको छ। दिल्ली-एनसीआर तथा उत्तर प्रदेशका विभिन्न क्षेत्रमा आज बिहान करिब साढे ४ बजीदेखि वर्षा भइरहेको छ। वर्षासँगै तीव्र हावा पनि चलेको छ। भारत मौसम विज्ञान विभागले दिल्ली-एनसीआरसहित उत्तर तथा मध्य भारतका विभिन्न राज्यमा भारी वर्षाको ‘ओरेन्ज’ तथा ‘येलो’ अलर्ट जारी गरेको छ।

दिल्ली, उत्तर प्रदेशका नोएडा र गाजियाबाद तथा हरियाणाका गुरुग्राम र फरीदाबादमा आकाशमा बाक्लो बादल लागेको छ। मौसम विभागका अनुसार, ती क्षेत्रमा चिसो हावासहित दिनभर भारी वर्षा हुने सम्भावना छ। वर्षाका कारण तापक्रममा उल्लेख्य गिरावट आउने र गर्मी तथा उकुसमुकुसबाट मानिसहरूले राहत पाउने अपेक्षा गरिएको छ।

मौसम विभागका अनुसार, आज उत्तर प्रदेश, दिल्ली, बिहार, हरियाणा, राजस्थान, उत्तराखण्ड, हिमाचल प्रदेश, पञ्जाब, जम्मु-कश्मीर, झारखण्ड, मध्य प्रदेश, छत्तीसगढ, पश्चिम बंगाल, ओडिशा, आन्ध्र प्रदेश, तेलंगाना, कर्नाटक, तमिलनाडु, केरल, गुजरात, महाराष्ट्र, असम, त्रिपुरा, मेघालय, सिक्किम र नागाल्यान्ड गरी २५ राज्यमा भारी वर्षा तथा आँधीको सम्भावना रहेको छ।

मैदानी राज्यमध्ये उत्तर प्रदेश र बिहारका अधिकांश जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने अनुमान गरिएको छ। यी दुई राज्यबाहेक मध्य प्रदेश, राजस्थान, पञ्जाब र हरियाणाका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेताउनी दिइएको छ।

लगातारको वर्षाका कारण पहाडी राज्यमा भने समस्या थपिएको छ। उत्तराखण्ड र हिमाचल प्रदेशका विभिन्न क्षेत्रमा निरन्तर वर्षाका कारण जमिन धसिने तथा पैह्रो जाने जोखिम बढेको छ। राष्ट्रिय राजमार्ग तथा सम्पर्क मार्गमा पहाडबाट ढुंगा खस्दा कतिपय स्थानमा यातायात अवरुद्ध भएको छ। यसका कारण सयौं पर्यटक तथा स्थानीय बासिन्दा बाटोमै अलपत्र परेको बताइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande