

नयाँ दिल्ली, 23 अगस्त (हि.स.)। पानामाको झण्डा बोकेको मालवाहक जहाज एमवी ओशन विनर शनिवार ओडिसाको पारादीपको तटबाट लगभघ 240 नोटिकल माइल (444 किलोमिटर) टाढ़ा बङ्गालको खाड़ीमा डुब्यो। जहाजमा 20 चीनी नागरिक, तीन म्यानमारका नागरिक र एक बङ्गलादेशी नागरिक सहित 24 जना चालक दलका सदस्यहरू थिए। भारतीय तटरक्षकले अहिलेसम्म दुई जनालाई उद्धार गरेको छ भने बाँकीको खोजी जारी छ।
उक्त जहाजले पारादीप बन्दरगाहबाट सिङ्गापुरका लागि 1,700 टन फलामको अयस्क बोकेको थियो। जहाज 20 अगस्तको रात प्रस्थान भएको थियो र समुद्रतिर जाँदै गर्दा सम्पर्क गुमाएको थियो। त्यसपछि भारतीय तटरक्षक र नौसेनाद्वारा संयुक्त खोजी र उद्धार अभियान शुरु गरियो। श्री विजयपुरम (पहिले पोर्ट ब्लेयर) बाट दुई वटा जहाज पठाइएको छ। वरपरका अन्य जहाजहरूलाई पनि सतर्क पारिएको छ।
केन्द्रिय जहाजरानी तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले एक्समा लेखेका छन् कि उनी घटनाबाट गहिरो चिन्तित छन्। सबै निकायद्वारा उद्धार कार्य भइरहेको छ। दुई जनालाई उद्धार गरिएको छ र चिकित्सा उपचार भइरहेको छ।
पत्रकारहरूसँग कुरा गर्दै पारादीप बन्दरगाह प्राधिकरणका उपसंरक्षक क्याप्टेन अलेखा चरण साहूले जहाजमा सवार सबै सुरक्षित रहोस् भनी आशा व्यक्त गरेका छन्। जहाज दुर्घटनाको कारण अहिले अज्ञात छ।
हिन्दुस्थान समाचार / भवानी थामी