महाराष्ट्रको अमरावती जिल्ला अस्पतालको एनआईसीयूमा आगलागी, तीन नवजात शिशुको मृत्यु
अमरावती जिला महिला अस्पताल में लगी आग के बाद का दृश्य


अमरावती, २४ अगस्त (हि.स.)। महाराष्ट्रको अमरावती जिल्ला महिला अस्पतालको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआईसीयू) मा सोमबार बिहान भीषण आगलागी हुँदा तीन नवजात शिशुको मृत्यु भएको छ। दुर्घटनाका बेला एनआईसीयूमा करिब ३९ नवजात शिशुको उपचार भइरहेको थियो। छ जना शिशुलाई थप उपचारका लागि सुपर-स्पेसियलिटी अस्पतालमा स्थानान्तरण गरिएको छ।

जानकारीअनुसार बिहान करिब ३ः३० बजी अस्पतालको तेस्रो तलामा रहेको स्पेशल न्यूबोर्न केयर युनिट (एसएनसीयू) मा आगलागी भएको हो। त्यसबेला त्यहाँ ३९ नवजात शिशु भर्ना थिए। तीमध्ये केही शिशुको जन्म केही घण्टाअघि मात्रै भएको थियो भने केहीको जन्म एक-दुई दिनअघि भएको थियो। उनीहरूको अवस्थालाई ध्यानमा राख्दै एनआईसीयूमा राखेर उपचार भइरहेको थियो।

प्रारम्भिक जानकारीअनुसार एउटा भेन्टिलेटरमा अचानक विस्फोट भएपछि आगो फैलिएको र एनआईसीयूभित्र धुवाँ भरिएको थियो। आगलागीको सूचना प्राप्त हुनासाथ ड्युटीमा रहेका चिकित्सक, नर्स तथा अस्पतालका अन्य कर्मचारी तत्काल उद्धार कार्यमा जुटेका थिए। कर्मचारीहरूले एनआईसीयूमा रहेका नवजात शिशुलाई सुरक्षित स्थानमा लैजान उद्धार अभियान शुरु गरेका थिए। समयमै धेरै शिशुलाई सुरक्षित स्थानमा पुर्याइएको थियो।

यद्यपि, यस क्रममा तीन नवजात शिशुलाई बचाउन सकिएन। अवस्था हेरेर छ जना शिशुलाई थप उपचारका लागि सुपर-स्पेसियलिटी अस्पताल पठाइएको छ।

आगलागी तथा भेन्टिलेटरमा भएको विस्फोटको वास्तविक कारण अझै स्पष्ट भएको छैन। अधिकारीहरूले घटनाको अनुसन्धान शुरु गरेका छन्। अनुसन्धानका क्रममा अस्पतालमा अग्नि सुरक्षा तथा चिकित्सकीय उपकरणसम्बन्धी सुरक्षा मापदण्ड पालना गरिएको थियो वा थिएन भन्ने विषयमा पनि छानबिन गरिनेछ।

उल्लेखनीय छ, यस घटनाको दुई दिनअघि मध्य प्रदेशको छिन्दवाडा जिल्ला अस्पतालको एनआईसीयूमा पनि आगलागी भएको थियो। शनिबार राति करिब २ बजी वार्मर मेसिनको फिलामेन्टबाट निस्किएको झिल्कापछि आगलागी भएको थियो।

उक्त घटनामा तीन नवजात शिशु घाइते भएका थिए। अस्पतालका कर्मचारीहरूले अग्निनियन्त्रण उपकरणको प्रयोग गरी आगो नियन्त्रणमा लिएका थिए र शिशुहरूलाई प्राथमिक उपचार दिएका थिए। पछि तीनै नवजातलाई थप उपचारका लागि जबलपुर रेफर गरिएको थियो।

तीमध्ये एक शिशुको अवस्था गम्भीर रहेको र शल्यक्रियाको आवश्यकता रहेको बताइएको थियो। छिन्दवाडामा बाल शल्य चिकित्सक उपलब्ध नभएकाले शिशुलाई जबलपुर लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भयो। मृतक शिशुमध्ये एकको जन्म घटनाको केही घण्टाअघि मात्रै भएको बताइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande