
पश्चिम मेदिनीपुर, 26 अगस्त (हि. स.)। खड़गपुर-बालेश्वर राष्ट्रिय राजमार्ग-16 मा नारायणगढ़ थाना क्षेत्रको डहरपुरमा गए मङ्गलवार अबेर राती भएको भयानक सड़क दुर्घटनामा कन्टेनर चालकको मृत्यु भयो। दुर्घटनापछि चालक कन्टेनरको क्षतिग्रस्त भागभित्रै फसेको थियो।
प्रत्यक्षदर्शी अनुसार माल लादिएको कन्टेनर खड़गपुर तर्फ गइरहेको थियो। डहरपुरको छेउमा चालकले वाहनमाथि आफ्नो नियन्त्रण गुमाएपछि आफू अगाड़ि गुड़िरहेको वाहनलाई ठक्कर दियो। यस भयानक ठक्करमा कन्टेनरको अघिल्लो भाग पूर्ण रूपले क्षतिग्रस्त भयो जसभित्र चालक फस्यो। दुर्घटनाको सूचना पाएर नायारणगढ़ थानाको पुलिस र राष्ट्रि राजमार्ग प्राधिकरणका कर्मचारीहरू घटनास्थलमा पुगे। कठिन प्रयास गर्दै क्षतिग्रस्त भागलाई काटेर चालकलाई बाहिर निकालियो। त्यसबेलासम्ममा चालकको मृत्यु भइसकेको थियो।
पुलिसले दुर्घटनाग्रस्त कन्टेनरलाई कब्जामा लिएर मामिलाको जाँच शुरू गरेको छ। दुर्घटनाको वास्तविक कारण तथा अगाड़ि गुड़िरहेको वाहनसित भएको ठक्करको परिस्थिति पत्तो लगाउनको लागि अनुसन्धान भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा