
पूर्व मेदिनीपुर, 26 अगस्त (हि.स.)। जिल्लाको एगरा सुपर स्पेशियलिटी अस्पतालमा गए मङ्गलवार अबेर राती विधायक दिव्येन्दु अधिकारी अचानक निरीक्षणगर्न पुगे। उनको साथमा एगराका अनुमण्डलाधिकारी करमवीर केशव र एगरा थानाका निरीक्षक प्रभारी पनि उपस्थित थिए। अचानक प्रशासनिक अधिकारीहरू एवं विधायक अस्पतालमा पुग्दा अस्पताल परिसरमा खैलाबैला मचियो।
निरीक्षण अवधि विधायकले अस्पतालमा भर्ती रोगीहरूसित बातचित गरी उनीहरूको उपचार, चिकित्सा व्यवस्था एवं अस्पतालको सुविधाहरूको बारेमा जानकारी लिए जसमा अस्पतालका विभिन्न अव्यवस्थाहरूको उजागार भयो। त्यसपछि विधायकले अस्पतालका सहायक अधीक्षकलाई हप्काए।
भनिन्छ, अस्पतालको व्यवस्थालाई लिएर यसअघि पनि सहायक अधीक्षकलाई कैयौं पटक हप्काइसकिएको छ। तथापि व्यवस्थामा अपेक्षित सुधार नभएकोमा विधायक रूष्ट भए। उनले अस्पतालको व्यवस्थालाई लिएर जिम्मेवार अधिकारीहरूसित जवाफ मागे।
स्थानीय मानिसहरूले बताए, अस्पतालको अव्यवस्थामाथि बारम्बार प्रश्न उठिरहेको तथा अस्पतालका अधिकारीहरूलाई कैयौं पटक हप्काइएको भए पनि स्थितिमा कुनै विशेष परिवर्तन भइरहेको छैन। त्यसैले अस्पताल प्रशासनको कार्यप्रणालीमाथि प्रश्न उठ्न थालेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा