
खड़गपुर, 26 अगस्त (हि.स.)। जलेश्वर यार्डमा भइरहेको नन-इन्टरलकिङ्ग कार्यको कारणले पहिलाबाटै रद्द गरिएका केही लोकल ट्रेन सेवाहरूलाई यात्रीहरूको सुविधाको लागि आंशिक रूपमा बहाल गरिएको छ। खड़गपुर मण्डलले हावड़ा र जलेश्वरबीच यात्री आवागमनलाई सुगम बनाइराख्नको लागि संशोधित व्यवस्था गरेको छ।
रेलवेले गए मङ्गलवार अबेर साँझ एक प्रेस विज्ञप्ती जारी गरी जानकारी गराए अनुसार 68007 हावड़ा-जलेश्वर मेमू ट्रेनको परिचालन 26 अगस्तदेखि आगामी एक सेप्टेम्बर, 2026 सम्म बेलदा स्टेशनमै समाप्त हुनेछ भने 68002 जलेश्वर-हावड़ा मेमू ट्रेन 27 अगस्तदेखि आगामी 2 सेप्टेम्बर, 2026 सम्म बेलदा स्टेशनबाटै शुर हुनेछ।
यद्यपि नन-इन्टरलकिङ्ग कार्यको कारणले 68047 खड़गपुर-बेलदा मेमू ट्रेन 26 अगस्तदेखि आगामी एक सेप्टेम्बरसम्म तथा 68048 बेलदा-खड़गपुर मेमू ट्रेन 27 अगस्तदेखि आगामी 2 सेप्टेम्बरसम्म रद्द रहनेछ।
खड़गपुर मण्डलले बतायो, यात्रीहरूको सुविधालाई मध्यनजर गर्दै नन-इन्टरलकिङ्ग कार्य अवधि वैकल्पिक ट्रेनको व्यवस्था गरिएको छ ताकि हावड़ासित सोझै सम्पर्क कायम रहोस् तथा यात्रीहरूको असुविधा कम होस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा