भोटेकोसी र त्रिशूली नदीमा बाढीको जोखिम, गृहमन्त्रीद्वारा नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
तिब्बत में ताल फूटने के बाद का दृश्य


काठमाडौँ, २६ अगस्त (हि.स.)। नेपालका गृहमन्त्री सुदन गुरुङले रसुवास्थित भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी आएको भन्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

गृहमन्त्रीको सचिवालयले जारी गरेको अत्यावश्यक सार्वजनिक सूचनामा भोटेकोसी र त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च सतर्कता तथा उच्च जोखिममा रहेको जनाइएको छ। त्यसैले रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी किनारमा बसोबास गर्ने परिवारलाई अर्को आदेश नभएसम्म सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

सूचनामा कुनै स्थानमा खोज तथा उद्धार आवश्यक परेमा वा अन्य कुनै प्रकारको सहायता आवश्यक भए तत्काल टोल-फ्री नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

गृहमन्त्रीले बाढीको जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्गअन्तर्गत गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक तथा मुग्लिन-नारायणगढ सडकमा यात्रा नगर्न र यी मार्गमा आवागमन पूर्ण रूपमा रोक्न पनि आग्रह गरेका छन्।

सरकारले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन तथा प्रशासनबाट जारी गरिएका सुरक्षा निर्देशनको पूर्ण रूपमा पालना गर्न अपिल गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande