
काठमाडौँ, २६ अगस्त (हि.स.)। रसुवामा बुधबार बिहान आएको भीषण बाढीबाट भएको क्षतिबारे आपदा जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हालै सम्पन्न बैठकमा बाढीबाट हालसम्म भएको क्षतिको विवरणबारे जानकारी गराइएको थियो। प्रधानमन्त्री कार्यालयका अनुसार, बैठकमा बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिको अवस्थाबारे विस्तृत ब्रिफिङ गरिएको थियो।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले आगामी दिनमा चाल्नुपर्ने कदमबारे सम्बन्धित सबै अधिकारी तथा निकायलाई आवश्यक निर्देशन दिएका छन्।
प्रधानमन्त्री शाहले आपदाको यस घडीमा सबै सम्बन्धित पक्षलाई आ-आफ्नो स्तरबाट बाढी प्रभावित क्षेत्रमा नागरिकको उद्धार, खोज तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न आग्रह गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल